रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने छ जनालाई पक्राउ गरेको छ ।
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।
ह्यारिस र ट्रम्पबिच कडा प्रतिस्पर्धा
विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन् ।
स्कुटरको ठक्करले पैदलयात्रीको मृत्यु
मकवानपुरको बागमती गाउँपालिका वडा ४ मा स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । एकजना घाइते हुनुभएको छ ।
देउसी खेल्नेलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, १८ जना घाइते
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ।
त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता
जिल्लाको कञ्चनरुप नगरपालिका-४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।
देउसी खेल्नेलाई बसले ठक्कर दिँदा एकको मृत्यु
देउसी खेलिरहेकालाई बसले ठक्कर दिदाँ १ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वाड नम्वर ५ जयठाटीमा ना ३ ख २४७१ नम्बरको बसले सोमवार साँझ ठक्कर दिदाँ घटनास्थलमै एक जनाको मृत्यु भएको हो ।
विषाक्त खानाले एकको मृत्यु, ६ जना बिरामी
बाँकेको खजुरामा विषाक्त खाना (फूड प्वाइजन) हुँदा एकै घरका छ जना बिरामी परेका छन् । एक जनाको मृत्यु भएको छ ।
बिपी राजमार्गको पात्लेखेतमा एकतर्फी सवारी सञ्चालन
सोमबार दिउँसो परेको वर्षाका कारण बिपी राजमार्गको केही स्थानमा रहेका साना खोल्सीहरुमा आएको लेदोका कारण सवारी आवागमनमा असर परेको छ ।
हवाई उडान प्रभावित
प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
साढे आठ लाख नगदसहित १२ जना जुवाडे पक्राउ
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको छ ।
अर्घाखाँची कार दुर्घटना अपडेट : एक जनाको मृत्यु
अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काको हातबाट भाइटीका लगाउनुभएको छ ।
थाइ एअरले थाल्यो भैरहवा–बैंकक उडान
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंंकक–भैरहवा–बैंकक उडान आइतबारदेखि सुरु भएको हो ।
नेपालमा तीन प्रणालीको प्रभाव : तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
भारतमा कार दुर्घटना : दुई नेपालीको मृत्यु
भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताउनुभएको छ ।
भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा
यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।
कात्तिक शुक्ल प्रतिपदा : नेपाल संवत् ११४५ प्रारम्भ
नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवतले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, अपनत्व र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
एमाले कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा. मानन्धर सिफारिस
नेकपा (एमाले) ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
माडीले बगाउँदा दुई जनाको मृत्यु
प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो ।