अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो ।
सहकारी ठगी प्रकरण : ढोरपाटन नगर प्रमुखलाई पोखरा ल्याइयो
बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई सहकारी ठगीबारे अनुसन्धान गर्न पोखरा ल्याइएको हो ।
राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन जाँदै हुनुहुन्छ ।
आगलागीमा दुई घर जलेर नष्ट, ११ लाख बरावरको क्षति
खोटाङमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । शनिबार दिउँसो खाजा पकाउने क्रममा भान्छाबाट सल्किएको आगोले रावाबेसी गाउँपालिका–५ दुबेकोलस्थित तल्लोदुबेका वीरबहादुर गुरुङको दुई वटा घर जलेर नष्ट भएको हो ।
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्।
सबै आमाले बच्चासँग मातृभाषा बोल्नुपर्छ: सञ्चारमन्त्री गुरुङ
सञ्चार प्रविधि तथा सूचना मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली भाषा, संस्कृति, सभ्यता लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
जापान प्रकरण : पूर्वमन्त्री अधिकारीको सङ्गठित सदस्यता निलम्बन
नेकपा (एमाले) कोशी प्रदेश समितिले कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
६ करोड बढीको अकबरे खुर्सानी बिक्री
रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका किसानले यस वर्ष ६ करोड बढी मूल्यको अकबरे खुर्सानी बिक्री गरेका हुन् ।
बर्दिबासमा दुर्घटना: एककाे मृत्यु, तीन घाइते
पूर्वपश्चिम लोक मार्गको बर्दिबास-५ स्थित टुटेश्वरको जङ्गलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।
पाँचथरमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआइए० आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना चार जनाको मृत्यु
भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये २९ प्रतिशतको मृत्यु
जापानीज इन्सेफलाइटिस(जेई) को सङ्क्रमणबाट करिब २९ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।
वनभोजबाट फर्कँदै गरेको गाडी दुर्घटना, २६ जना घाइते
सुर्खेतको वीरेन्द्रनगर–७, कपासेमा वनभोज खाएर फर्कँदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ ।
राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।
बागलुङ बस दुर्घटना हुँदा २१ जना घाइते
बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। रुकुमदेखि काठमाडौँका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।
विश्वका नेताद्वारा ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिबद्धता
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुुख
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
टिकटक औपचारिकरूपमा नेपालमा सूचीकृत
सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ ।
दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।
अमेरिकी निर्वाचन : ट्रम्पलाई २६७ र ह्यारिसलाई २१४ इलेक्टोरल मत प्राप्त
अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
मकवानपुरमा बस दुर्घटना : ३५ यात्रु घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधवार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते हुनुभएको छ ।
गण्डकी प्रदेश सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
प्रधानमन्त्रीलाई ज्वरो आएपछि भेटघाट स्थगित
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गर्नुभएको हो।