थारू बस्तीमा यिनै गीति भाका गुञ्जन थालेपछि अस्टिम्कीको लहरले छपक्कै छोपिसकेको हुन्छ । खेतबारीको हरियाली, गाउँको शान्त वातावरण र परम्परागत वेशभूषामा सजिएका थारू महिला (बठिन्या) हरू बेलुकीपख सालको टपरीमा राखिएको थोरै चामल, रङ्गीचङ्गी घुनेस्रा फूल (अस्टिम्की फुला) र ज्यामिरेसँगै टपरीको बिच भागमा बलिरहेको