कलाकार विश्वम्भर लामिछाने हरेक रुख, बोटबिरुवाको जरा र हाँगालाई विशेष रूपमा नियाल्नुहुन्छ । त्यसलाई सुमसुम्याउनुहुन्छ । सफा गर्नुहुन्छ । त्यसमा विभिन्न भाव सन्देशसहितको विम्ब खोज्नुहुन्छ वा परिकल्पना गर्नुहुन्छ । परिकल्पनालाई साकार पार्न सामान्य काँटछाँट, ताछतुछ गरेर रङरोगन भरेर एउटा विस्तृत कथासहितको अद्वितीय कला सिर्जना गर्नुहुन्छ । कथासहितको कला तयार भएपछि आत्मसन्तुष्टिसहित मुस्कुराउनुहुन्छ । प्रेमसहित आफ्नो सङ्ग्रहालयमा एउटा अतुलनीय र अद्वितीय कला थप्नुहुन्छ ।
आज कात्तिक औँसी अर्थात् सुखरात्री । यस दिन हिन्दुहरूले विशेष हर्सोल्लासका साथ घरघरमा महाल
खोइ त्यो घटनामा म कसरी बाँचेँ । भन्नै सक्दिनँ । बङ्करभित्र पनि आक्रमण भएपछि किचन बङ्करमा लुक्न गएका थियौँ । मैले त्यहाँ राखिएका चामलका बोराको छेको लागेर आँखा चिम्म गरेर भगवान्लाई सम्झिरहेँ ।
साढे दुई दशकभन्दा बढीको अथक प्रयासपछि अन्ततः गणेशमान सिंह स्मृति वाटिकाको औपचारिक रूपमा उद्घाटन हुने भएको छ । २०४६ सालका जनआन्दोलन कमाण्डर लौह पुरुष गणेशमान सिंहको १२ फिट अग्लो ढलौटबाट निर्मित सालिकको अनावरणसँगै आगामी असोज २ गते वाटिकाको पनि उद्घाटन हुन लागेको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका सभापति माथबरसिंह बस्नेतले जानकारी दिनुभयो । उक्त प्रतिमा स्थल र वाटिकाको झन्डै २३ वर्षअघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्याससँगै गर्नुभएको थियो ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाले हर्षोल्लासपूर्ण रूपमा मनाउँदै आएको चाड हरितालिका तिज भोलि आइतबारदेखि सुरु हुँदै छ । विशेष गरी काठमाडौँ उपत्यका र पहाडी भेगमा मनाइने यो चाडमा भाद्र शुक्ल द्वितीयाको दिन दर खाएर तृतीयाको दिन सक्नेले निराहार, निर्जल व्रत बस्ने गर्छन् । चौथीको दिन व्रतको पारायण गरेपछि पुनः पञ्चमीको दिन विशेष स्नान गरेर सप्तऋषिको पूजाआराधनापछि तिज सकिन्छ । यसरी हेर्दा यो चाड चार दिनसम्म मनाइन्छ ।
नेपालमा बिजुलीको प्रयोग गर्ने जनसङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजाअनुसार बिजुली प्रयोगलगायतका केही सामाजिक पक्षमा निकै सुधार भएको देखिएको छ । नेपालमा १० वर्षअघि ६७.३ प्रतिशत जनसङ्ख्याले मात्र विद्युत् प्रयोग गर्दै आएकोमा अहिले ९२.२ प्रतिशतले विद्युत् प्रयोग गर्न थालेका छन् ।
सुवर्णेश्वर डाँडामा निर्माण गरिएको गणेशमान सिंह स्मृति वाटिकाको निर्माण अन्तिम चरणमा पुगेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ र ६ मा रहेको यो वाटिकामा लौहपुरुष गणेशमान सिंहको पूर्णकदको सालिक पनि राखिसकिएको छ। २०५४ सालमा गणेशमानको निधन भएपछि तत्कालीन कटुञ्जे गाउँ विकास समिति अध्यक्ष रामेश्वर ढुङ्गेलले वाटिका निर्माण गर्ने घोषणा गर्नुभएको थियो। सोही अवधारणाअनुसार कटुञ्जेको सुवर्णेश्वर मन्दिरसमेतलाई समेटेर त्यसभन्दा पूर्वको डाँडामा वाटिका निर्माण गर्न सबै राजनीतिक दलको समर्थनमा काम थालिएको थियो।
बाल सुधारगृहमा रहेका बालबालिका न्यूनतम सुविधाबाट वञ्चित छन् । त्यसमाथि क्षमताभन्दा दुईदेखि चार गुणासम्म बढी बालबालिका कोचिएर बस्नुपरेको छ । आपराधिक कार्य वा बालबिज्याइँमा संलग्न बालबालिकालाई अदालतको फैसलाका आधारमा बालबन्दीका रूपमा यस्ता गृहमा राख्ने गरिएको छ । आठ जिल्लाका सुधारगृहमा एक हजार एक सयभन्दा बढी बालबालिका छन् ।
नेपालको झन्डाको आकार र बनावट विश्वका अन्य देशका झन्डाभन्दा पृथक् छ । तत्कालीन राजा महेन्द्रको पालामा वास्तुविद् शङ्करनाथ रिमालले डिजाइन गर्नुभएको यो झन्डाका बारेमा अस्तित्व व्यवस्थापन (एक्जिस्टेन्सियल म्यानेजमेन्ट)का अध्येता डीपी आत्रेयले वास्तुशास्त्रीय दृष्टिकोण, मौलिकता, पौराणिकताको कसीमा यसलाई अध्ययन र व्याख्या गर्नुभएको छ ।
ललितपुरको नयाँ बाटोस्थित एभेन्स स्कुलसँगै जोडिएको कवाडी सामान राख्ने छाप्रोमा आगलागी भएको छ । स्कुलको कम्पाउण्डसँगै जोडिएको भए पनि स्कुलमा कुनै क्षति भएको छैन ।
निवर्तमान मन्त्रीहरूले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकँुडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर, वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ ।कर कटाएर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजार मूल्य अस्वाभाविक बढेकाले उपभोक्तालाई राहत दिन सरकारले मूल्य घटाएको जानकारी दिनुभयो ।उहाँले डिजेल, पेट्रोलको मूल्य घटेसँगै बजारमा भएको मूल्यवृद्धि घट्ने बताउनुभयो । बजार अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अस्वाभाविक मूल्य लिएको पाए तत्काल कारबाही गर्ने पनि उहाँले बताउनुभयो ।
स्थानीय तह जनप्रतिनिधिका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । स्थानीय तह प्रभावकारी बन्दै गएकाले सङ्घीय सांसद, प्रदेश सभाका सदस्य, वकिल, प्राध्यापक, शिक्षकलगायत विभिन्न पेसा र व्यवसायमा सक्रिय भएका व्यक्तिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।