विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी छन् । अब आयोजना बन्ला भन्ने आशा उनीहरुमा पलाएको छ । एउटा सपनाजस्तै ठानिएको सो परियोजना नितान्त नयाँ स्वरुपमा अघि बढ्ने कुराले सिंहदरबार आसपासमा चर्चा पाएपछि बैतडी, डोटी, डडेल्धुरा र अछामका जनतामा केही आशा पलाएको हो ।
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् ।
बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा बुधबार शपथ लिनुभएको छ । उहाँले मुख्यमन्त्रीको शपथ लिएको यो आठौं पटक हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलब ९१ अङ्कले ओरालो लागेर दुई हजार ५६ दशमलब ८८ अङ्कमा ओर्लिएको छ ।
। प्रतिनिधिसभा बैठकले ‘तथ्याङ्क विधेयक, २०७८’ बहुमतले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रियसभाको सन्देशसहितको सो विधेयक बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् ।
राष्ट्रियसभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उमेरले ९७ औं वसन्त पार गरे पनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भए पनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो ।
नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ ।
जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु. ९७ हजार एक सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सयमा कारोबार भएको थियो ।
देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भएरनभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ ।
परराष्ट्रमन्त्री डा नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उहाँले चीन भ्रमण गर्न लाग्नुभएको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलवार उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित भएको छ ।
जापान भ्रमणमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कईबीच मङ्गलवार भेटवार्ता भएको छ ।