सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताउनुभएको छ ।
सांसदहरुले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गर्नुभएको हो ।
डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोमबारदेखि उहाँले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ ।
पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।
सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम पहाडी समुदायले मनाउने गर्दछन् ।
धेरै रोगमा औषधिको काम गर्ने जडीबुटी गुर्जो रोपण अभियानलाई विगत वर्षमा जस्तै यस वर्ष पनि तीव्रता दिइएको छ ।
कनकाई नगरपालिका –६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुुहुन्छ । उहाँले च्याउका झुप्पा बेचेरै वार्षिक रु छ लाख मुनाफा आर्जन गर्दै आउनुभएको छ ।
नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो ।
गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले सोमबार भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताउनुभएको हो ।
मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ती तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधैँ तयार रहेको बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा सोमबार साँझ पशुपतिनाथ मन्दिर जानुभई दर्शन गरी बेलुकीको आरतीमा सहभागी हुनुभएको छ ।
दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको छ ।