सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताउनुभएको छ ।
सरकारले असाध्यै महत्व दिएर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति औसतभन्दा पनि कमजोर रहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका त्यस्ता परियोजनाले भने आव २०७८/७९ मा भने उल्लेख्य प्रगति गरेका छन् ।
हेटौँडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई रु १४ करोडभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ ।
पाल पत्रकार महासङ्घका अध्यक्ष सागर न्यौपानेले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लास्थित राष्ट्रिय परिचयपत्र एकाइको प्राविधिक सहयोगमा शनिबार जिल्लामा क्रियाशील १६३ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको जानकारी दिनुभयो ।
हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं–हङ्कङ उडान भर्ने भएको छ ।
एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिबर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो ।
विशेष गरी काठमाडौंका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहोरको थुप्रो हुँदा समस्या आएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताउनुभयो ।
सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय रुपियाँ तोकिएको छ ।
गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन् ।
प्रहरीले स्रोत नखुलेको रु ४९ लाखसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा विहीबार सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौँ तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेको प्रहरीले जनाएको छ ।
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो ।
वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेको छ ।