अगामी चैत १७ गतेदेखि सञ्चालन हुने यस वर्षको एसइई परीक्षाका लागि दार्चुलामा १६ वटा परीक्षा केन्द्रहरू तोकिएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभएको छ ।
४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।
पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइरालाले समय अनुकूल गुणस्तरीय र व्यावहारिक शिक्षालाई अङ्गाल्नुपर्ने अनिवार्य आवश्यकता रहेकोमा जोड दिनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा १३ सय ३७ ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरिएको छ । तिब्बत स्वायत्त क्षेत्रले दुई अर्ब ५० करोड अमेरिकी डलरको लागतमा ती परियोजना सञ्चालन गरेको हो ।
न्युजिल्याण्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चारजनाको मृत्यु भएको छ । चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ ।
टर्कीका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलब्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई प्राविधिक ज्ञान र अभ्यास झल्किने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।
दाङको धार्मिक एवम् ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) सिँगारिएको छ । बिहीबारबाट लाग्ने पीरफिर्ने मेलाका लागि सिद्धरत्ननाथ मन्दिर सिङ्गारिएको हो ।
धनुषालगायत मधेश प्रदेशका पाँच वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत फागुन ११ देखि २५ गतेसम्म धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लामा औषधि खुवाइने भएको हो ।
चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो ।
खोटाङको साकेला गाउँपालिकाले चार सयभन्दा बढीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले ७० वर्ष माथिका चार सय ७ जना ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद भट्टराईले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।