बाल्यकालको कुरा, पढाइको कुरा चल्यो भने मलाई सधैँ एक जना बूढी बज्यैको सम्झना आउन थाल्छ । किनकि उहाँ मेरो बाल्यकालमा मसँग अति निकट हुनुहुन्थ्यो, उहाँले नै मलाई किन पढ्नुपर्दछ भन्ने कुरा बुझाउनुभएको थियो ।
कालीगण्डकी कोरिडोरअन्तर्गत स्याङ्जा–पर्वत खण्डमा दुईवटा मोटरेबल पुल निर्माण भएका छन् । योसँगै कोरिडोर निर्माणले तीव्रता पाएको छ । कोरिडोरभित्र पर्ने स्याङ्जा खण्डको १० किलोमिटरमा कालीगडण्डी गाउँपालिका–७ र गल्याङ नगरपालिका–५ जोड्ने गरी आँधीखोलामा एउटा तथा गल्याङ नगरपालिका–५ र पर्वतको बिहादी जोड्ने गरी सेतीखोलामा अर्को पुल निर्माण गरिएको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले अति विपन्न परिवारका लागि घर निर्माण सुरु गरेको छ। नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अति विपन्न परिवारका लागि निःशुल्क रूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजनाअनुसार काम सुरु गरेको हो। देवचुली नगरपालिकाभित्रका १७ वटा वडाभित्र चालु आर्थिक वर्षमा २५ वटा घर निर्माण गर्ने योजनाअनुसार काम सुरु गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो। सबै वडामा कम्तीमा एक अति विपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उहाँले बताउनुभयो। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो।
भगवान् गौतम बुद्धको मावली गाउँ पण्डितपुर संरक्षणको पर्खाइमा रहेको छ। तत्कालीन कोलिय राज्यको राजधानी पण्डितपुर अतिक्रमणमा परेपछि संरक्षणको अभाव देखिएको हो। पश्चिम नवलपरासीका ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सो क्षेत्र संरक्षण गर्न जरुरी भएको स्थानीयवासी बताउँछन्। रामग्राम नगरपालिका–१४ स्थित प्राचीन कोलिय राज्यको राजधानी (हालको पण्डितपुर) क्षेत्रमा कङ्क्रिटको भवन बनाउन थालिएको छ।
लाटोकोसेरो कृषकको साथी हो भन्दा धेरै मानिसले विश्वास गर्दैनन् होला तर यसले कृषकलाई ठूलो लाभ दिन्छ । चरा प्रजातिमा पर्ने लाटोकोसेरोको भूमिका खेतबालीमा महìवपूर्ण छ । यो कृषकको साथीसँगै कल्याणकारी चरा हो । यसले कीराफट्याङ्ग्रा र मुसा खाएर कृषि उब्जनीको उत्पादन बढाउन सहयोग गर्छ ।
पशुमा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण दाङमा बढ्दै गएको छ। भाइरसबाट सर्ने रोग लम्पी स्किनका कारण जिल्लाका विभिन्न पालिकाका किसान चिन्तित छन्। जिल्लाको बङ्गलाचुली, राप्ती, गढवा, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकाको केही वडामा रोगको सङ्क्रमण देखिएको छ। बङ्गलाचुली गाउँपालिकाको वडा नं. ४, ५, ६, ७ र ८ मा बढी मात्रामा देखा परेको छ। रोगका कारण पालिकामा करिब २५० भन्दा बढी पशुचौपाया बिरामी परेका छन्।
लेखक सलमान रुस्दीको ठहर छ– ‘दक्षिण एसियाका सर्वश्रेष्ठ कथाकार हुन् सआदत हसन मन्टो ।’ खासगरी उर्दु साहित्यमा त उनको ईष्र्यालाग्दो उपस्थिति छ । पञ्जावमा जन्मेका मन्टोले सक्रिय सिर्जनात्मक समय बम्बईमा कटाए ।
भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतले जग्गाधनी पुर्जा वितरणलाई तीव्र पारेको छ। काम सुरु गरेको एक वर्षमा सात सयभन्दा बढी परिवारलाई स्थायी पुर्जा वितरण गरिएको आयोगका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिनुभयो। तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो। हालसम्म जिल्लाका पाँचवटा स्थानीय तहका ७१४ परिवारलाई पुर्जा वितरण गरिएको अध्यक्ष पौड्यालले बताउनुभयो। उहाँका अनुसार पश्चिम सुर्खेतका वराहताल, पञ्चपुरी र चौकुने तथा पूर्वतर्फ गुर्भाकोट र भेरीगङ्गाका केही परिवारलाई पुर्जा प्रदान गरिएको छ। पछिल्लो पटक चैत १२ गते गुर्भाकोट नगरपालिका–८ का १५१ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ ।
भेरी नगरपालिका–३ का तीन वर्षीय सुवास सुनारको तौल उमेरअनुसार १४ किलो हुनुपर्ने हो तर उहाँको तौल सात किलो रहेको छ। जन्मिँदै कुपोषण भएका सुवास राम्रोसँग बोल्न पनि सक्दैनन्। जिल्ला अस्पताल जाजरकोटका स्टाफ नर्स विष्णु शाहका अनुसार सुवासको शारीरिक र मानसिक विकासमा बाधा पुगेको छ। जाजरकोटकै छेडागाड नगरपालिका–१२, पोखराकी १८ वर्षीया टीका सिंहले साउन ५ मा पहिलो बच्चालाई जन्म दिनुभयो। जन्मेकै दिन शिशुको मृत्यु भयो। शिशुको तौल एक हजार ३०० ग्राम मात्रै थियो। कम तौल भएका कारण नवजात शिशु बाँच्न नसकेको कार्कीगाउँ स्वास्थ्य चौकी
के जन्म दिने बाबुले छोरीलाई बलात्कार गर्न सक्छ ? सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाको हो ।
डडेलधुराका १२ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षामा दुई हजार ६८९ विद्यार्थी सहभागी छन्। सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेलधुराबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी छन्। परीक्षामा ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी छन्।
जेसिज धनगढीले वैशाख १ गते ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। धनगढी जेसिज वर्ष–२०२३ का अध्यक्ष मोहनराज ओझाका अनुसार खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको हो।
अब उप्रान्तलाई प्रतिदिन दिउँसो १ बजेदेखि १–३० बजेसम्म नेपालबाट प्रचार हुने नेपाली ब्रोडकास्टलाई सज्जनहरूले आफ्नो रेडियोमा ३३ देखि ३५ मिटरसम्ममा सुन्नु होला। वि.सं. २००३ माघ १४ गतेको ‘गोरखापत्र’ मा ‘नेपालमा रेडियो प्रचारको सूचना’ शीर्षकमा प्रकाशित माथिको व्यहोराको सूचना नेपालमा रेडियो प्रसारणको इतिहासको दृष्टिले निकै महत्वपूर्ण छ। उक्त सूचना नेपालमा रेडियो प्रसारणको थालनीको उद्घोष पनि हो। यस हिसाबले नेपालमा रेडियो प्रसारणको इतिहासले ७६ वर्ष पार गरिसकेको छ। यति मात्र होइ
नेपालको सङ्घीय राजधानी हो काठमाडौँ। त्यसैले सङ्घीय शासन प्रणाली लागू भएर तीन तहको सरकार बने पनि धेरै कुराका लागि नेपाली जनता सङ्घीय राजधानीमै निर्भर छन्। शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आर्थिक तथा सामाजिक अवसरका लागि देशभरका मानिसलाई काठमाडौँ नगई नहुने अवस्था अहिले पनि छ। स्थानीय र प्रदेश सरकारले प्रदान गर्ने सेवा र सुविधा अपर्याप्त हुँदा देशभरका मानिसलाई काठमाडौँ पुग्नैपर्ने बाध्यता अझै हट्न सकेको छैन। देशभरबाट विभिन्न उद्दे