ज्वरोको लक्षण देखिएको एकै घरका दुई जना बालकको पाँच दिनको फरकमा मृत्यु भएको छ । मृतक बालकमा उच्च ज्वरो आउने, रिङटा लाग्ने, ओठ सुक्ने र बान्ता हुने लक्षण देखिएको छ ।
नेपालस्थित जापानी दूतावास र द जापान फाउन्डेसनको आयोजनामा आजदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा ‘टोकियो अघि र पछि’ शीर्षकमा प्रदर्शनी सुरु भएको छ ।
गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५, हिल्सा सडक खण्ड र वडा-६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यही फागुन ११ गतेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले युक्रेनका लागि आठ अर्ब १० करोड अमेरिकी डलरको नयाँ चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत गरेको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड आएको छ । दुई सय ७९ जनाको ज्यान गएको र करिब ५०० जना घाइते भएको उक्त भीषण आक्रमणको अनुसन्धान अन्तर्गत श्रीलङ्काका पूर्व गुप्तचर प्रमुखलाई ९० दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिइएको छ ।
अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन जनाएको छ ।
अमेरिका-इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ ।
बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल सेना अन्तर्गत राजविराजस्थित बरख गणले सप्तरीका २९६ वटै मतदान स्थलमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी अभ्यास तीव्र बनाएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भविष्य तय गर्ने दाबी गर्नुभएको छ ।
बाजुराका दुर्गम क्षेत्रका किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ। जिल्लाको पूर्व–उत्तरी क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दाका अधिकांश किसान अहिले स्याउ खेतीमा सक्रिय छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन आउन पाँच दिन बाँकी रहँदा पनि मकवानपुरका दुई स्वतन्त्र उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य छुट्टै बैँक खाता खोल्न बाँकी छ।
निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटका चारवटै निर्वाचन क्षेत्रका ७७ जना उम्मेदवारले हालसम्म निर्वाचन प्रयोजनका लागि बैँक खाता खोल्न सिफारिससमेत नलिएको खुलेको छ।