एक वर्षअघि सजाए पाए पनि फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पशुपक्षी कसुर गरेका र बैँकिङ कसुर गरेका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पछिल्लो वर्षहरूमा सर्लाहीमा छठपर्व साझा पर्व बन्दै गएको छ । दक्षिणवर्ती क्षेत्रमा मात्र मनाइने छठपर्व पछिल्ला वर्षहरूमा जिल्लाभर नै धुमधामसँग मनाउन थालिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेशसिंह सामन्त र उपसभापतिमा सुरेन्द्रबहादुर खडायत चयन हुनुभएको छ । सोमबार जिल्ला सदरमुकाम खलंगामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामन्तलाई सभापति र खडायतलाई उपसभापतिमा चयन गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताउनुभएको छ ।
एसियाली विकास बैँक (एडीबी)ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानी मार्फत श्रीलङ्काको पर्यटन क्षेत्रलाई सहयोग गर्न दश करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान आइपुग्नुभएको छ ।
असोज ३१ गतेदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित नेपाली फिल्म ‘जेरी अन टप’ देशभर उत्साहका साथ प्रदर्शन भइरहेको छ ।
जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बिमाको महत्त्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् ।
होत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बरूण सरोवर र लहानको खुट्टीखेलामामा देखिएको पूजा सामग्रीको सजावट र चहलपहल ।
अमेरिका र चीनबिच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले डिसेम्बर महिनामा म्यान्मामा हुन लागेको आमनिर्वाचनमा पर्यवेक्षक नपठाउने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्टरूपमा घोषणा गर्नु भएको छ ।
जुम्लाको पातारासी गाउँपालिका–५, लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कात्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८५ वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको ऐतिहासिक उक्त सञ्चालनका लागि यस वर्षको सबै तयारी पूरा भएको जनाइएको छ ।