मङ्सिर ४ गते भएको निर्वाचनको मतगणनामा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली काग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउँदै जानु भएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका कांग्रेका उम्मेदवार सन्तोष चालिसेले अग्रता लिनुभएको छ।
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले) र (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि रहेका छन् ।
तनहुँ –१ को प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार एकबहादुर रानाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पछाडि पार्नुभएको छ ।
पाँचथरको प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले अग्रता लिनुभएको छ । आङदेम्बेले नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङलाई ३२ मतले पछाडि पार्नुभएको हो ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ ।
कञ्चनपुर क्षेत्र नं. ३ को प्रतिनिधिसभा निर्वाचमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री रमेश लेखकले नेकपा (एमाले) की पोलिटब्युरो सदस्य नेत्री निरुदेवी पाललाई झण्डै दोब्बर मतले पछाडि पार्नुभएको छ । नेता लेखकले १० हजार १६४ मत पाउँदा नेत्री पालले ५ हजार ९०४ मत पाउनुभएको छ ।
ललितपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाको अग्रता कायम छ ।
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क मा नेकपा एमाले का मधुसूदन पौडेलको अग्रता रहेको छ ।
ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले पाँच हजार ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।
बैतडी, मङ्सिर ६ गते । बैतडी जिल्लाको प्रदेश सभा (क) अन्तर्गत डिलाशैनी गाउँपालिकाका–४, स्थित हाडाकोट मतदान केन्द्रको मतपेटिकामा खसेको भन्दा ९५ मत बढी भेटिएका छन् ।
प्युठान निार्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदका एमालेका उम्मेदवार सूर्यबहादुर थापाले अग्रता लिनुभएको छ ।
प्रदेश सभा तथा प्रतिनिधि सभाको मत गणना जारी छ । सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ ।
सिन्धुली जिल्लाको प्रतिनिधिसभाको दुई वटै निर्बाचन क्षेत्रमा सत्तारुढ गठबन्धन दलका उम्मेद्वारको सुरुवातदेखि नै अग्रता रहेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा दिउँसो २ बजेसम्म १४ हजार ११७ मतगणना हुदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेद्वार श्यामकुमार घिमिरेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप कटुवाललाई एक हजार ७२१ मतान्तरले अग्रता लिनु भएको छ ।
पाल्पाका चार प्रदेश सभामध्ये दुई वटा प्रदेश सभातर्फको मतगणना भइरहेको छ । त्यसमध्ये प्रदेशसभा १(१)मा एमालेका राजुप्रसाद श्रेष्ठको अग्रता कायम गरिएको छ ।