कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो । कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन् ।
कति नाङ्गो हुन्थ्यो धरतीसिरानीमा एउटा आकाश पनि नहुँदो हो त ?माथिको कविता कवि आर मानन्धरको कविता कृति ‘कवितामा आकाश’मा सङ्ग्रहित रचना हो । चिन्तन र दर्शनको अमृत घोलेर कवितामार्फत् पाठकमाझ पस्कने कवि आर मानन्धरको लेखन शैली प्रचलित अन्य कविहरूको भन्दा केही पृथक् छ । दोस्रो खण्ड : आकाश–काव्यकवि आर. मानन्धरको कृति ‘कवितामा आकाश’ तीन खण्डमा निर्मित काव्य घर हो । जसलाई तीन तलाको काव्य घर भन्न सकिन्छ । हेरौँ पहिलो तलाको काव्याकाश, ‘प्रार्थना’ शीर्षकको कवितांशबाट : हे आकाश !तिमी मलाई आफूजस्तैअनन्त हुन सिकाइदेऊआफूजस्तै व्याप्तिन सिकाइदेऊ ।पहिलो खण्ड, अर्थात् कविता खण्डमा ४९ वटा कविताहरू छन् । लघुतम आकारमा लेखिएका ती कविताको भाव पक्षको लम्बाइ र चौडाइ भने विराट छ । उदाहरणार्थ एउटा कविता प्रस्तुत छ :फैलिएर होइनआकाश विशाल भएकोहो त त्योअनन्त गहिरिएर । दोस्रो खण्ड : चिन्तन–काव्यदोस्रो खण्ड ‘चिन्तन’मा ३६ वटा छोटा रचना समावेश छन् । चिन्तनको आफ्नै छुट्टै साहित्यिक विधा पाइँदैन । तर कवितात्मक शैलीमै लेखिएका यस खण्डका रचनामा कविले जीवन, समाज र भोगाइका यथार्थलाई चेतनाभित्रको संचेतना प्रवाह गरेका छन् । त्यसैले, लेखकले कविता नभने पनि ती काव्य नै हुन्– ‘चिन्तन–काव्य’ ! ‘गद्यमा कविता’ (प्रोज पोइम) शैलीमा जीवनका गम्भीर विषयहरू खोतल्न सफल छन् कवि मानन्धर ।हेरौँ चिन्तन खण्डमा समावेश ‘धारणा’ शीर्षकको एक चिन्तनशील कविता । राम्रो के हो ? थाहा छैन मलाई ।नराम्रो के हो ? त्यो पनि थाहा छैन मलाई ।अरूले भनेपछि मात्रै थाहा पाउँछु म – राम्रो र नराम्रो ।अरूसित बुझ्दैबुझ्दैकालान्तरमा म राम्रो –नराम्रो राम्ररी खुट्याउन सक्ने भएँ ।राम्रो–नराम्रो भन्न जान्ने भएँ ।तर त्यस बेलासम्म मैले हेर्नै बिर्सिसकेको रहेछु !तेस्रो खण्ड : दर्शन–काव्यकृतिको तेस्रो खण्ड ‘दर्शन’मा ३६ शीर्षकमा लेखिएका कवितात्मक रचना छन् । ती रचनाहरू विषयमा दर्शन र शैलीमा कविताले ओतप्रोत छन् । त्यसैले दर्शन खण्डका रचनालाई मजाले ‘दर्शन–काव्य’ भन्न सकिन्छ ।आर मानन्धरका कवितामा सम्यक दृष्टि छ । एउटै कृतिमा उनले तीन फरक शैली र संरचनामा कविता पस्केका छन् । पाठकहरूले पहिलो खण्डमा कविताको सतह टेक्दै बिस्तारै चिन्तन काव्यको भ¥याङ उक्लदैँ दर्शन काव्यमा प्रवेश गर्दा काव्यात्मक रसानुभूति मात्र गर्ने छैनन्, मानव हुनुको सूक्ष्म गम्भीरता र विराट सम्भावना पनि ठम्याउने छन् । मानौं, समथर जमीनबाट विस्तारै उक्लँदै उक्लँदै डाँडा र पहाड हुँदै स्वर्गीय आनन्द र अनुभूति दिने हिमालको चुचुरोमा पुगेसरि ‘कवितामा आकाश’ काव्य कृतिले । कवि मानन्धरले कवितामा कतै पनि शब्द थुपारेका छैनन्, बरु थोरैभन्दा थोरै शब्दमा धेरैभन्दा धेरै कविता थुपारेका छन् । निचोडमा भन्दा यस कृतिमा कवि आर मानन्धरले आफ्नो काव्य शिल्पमार्फत पाठकको लागि तीन तहको आकाश उघारेका छन् । कृति : कवितामा आकाशविधा : कविताकवि : आर. मानन्धरप्रकाशक : मञ्जरी प्रकाशनप्रकाशन : २०७८पृष्ठ : १३६मूल्य : २५०–
दाङ उपत्यका बचाउनका लागि यहाँका दश वटै पालिकाले बस्ती स्थानान्तरण र बबई कोरिडोरलाई प्राथमिकता दिने भएका छन् । उपत्यकामा पानीको समस्या बढ्दै गएको र बबई नदीको कटानका कारण खेती योग्य नासिँदै जाने थालेपछि जिल्लाका दश वटै पालिकाहरूले दीर्घकालीन समस्या समाधानका लागि बबई कोरिडोर र पहाडी क्षेत्रको बस्ती स्थानान्तरणलाई प्राथमिकतामा राखेका हुन् ।
इन्डोनेसियाको पपुआमा रहेको एक दुर्गम गाउँमा बसोबास गर्ने जनजाति समुदायका प्रमुख इलाई मेबल आफ्नो पुर्खा अगाट मामिट माबेलको शव देखाउँदै । लगभग दुई सय ५० वर्ष पहिले अगाटले त्यस समुदायको नेतृत्व गरेका थिए । डानी कबिलाका अगाटको शरीरलाई सो समुदायले धुवाँ र जनावरको तेलका मद्दतले सुरक्षित राखेका छन् ।
बेतिनी वन बाक्लो र हरियो थियो । वनमा धेरै काफलका रुखहरू थिए । ऐँसेलुका झाङमा ऐँसेलु लटरम्मै पाकेका थिए । काफल पाकेर रुखहरू राताम्मै थिए । चुत्रोका बुटाहरू चुत्रो पाकेर कालै भएका थिए । जामुनो पनि पाक्न थालेको थियो । झ्याउँकिरीका आवाजले वनको वातावरण सङ्गीतमय बनेको थियो । मान्छेका बस्तीभन्दा वन धेरै सफा, शान्त र आनन्ददायी थियो ।
जिल्लाको महावै गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई सरकारी विद्यालयमा भर्ना गर्न बाध्यकारी निर्णय गरेको छ। चैत ३० गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले सरकारी विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशन दिएको छ। गाउँ शिक्षा समितिको गत फागुन २३ गते निर्णयअनुसार आगामी शैक्षिक सत्रमा जहाँ भए पनि छोराछोरीलाई फिर्ता ल्याएर पालिकाभित्रका सरकारी विद्यालयमा भर्ना गरी निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। शिक्षा अधिकृत मदनबहादुर शाहीद्वारा जारी सूचनामा शैक्षिक सत्र २०८० देखि अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने उल्लेख छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या सुरु भएको छ। गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो। स्रोत पर्याप्त नहुँदा वीरेन्द्रनगरमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ। वीरेन्द्रनगर–१, प्रगति टोलकी सीता खड्कालाई दिनहुँ खानेपानीको चिन्ता हुन्छ। गर्मी मौसम सुरु भएसँगै पानीको चरम अभाव भएको उहाँले बताउनुभयो।
दार्चुलाको नौगाड गाउँपालिका–६, धुलिगडामा आठ वर्ष लगाएर मोटरेबल पुल निर्माण भएको छ। सो पुलमा भार परीक्षण (लोड टेस्ट) गरेर ट्रक र बसलगायतका सवारीसाधन आवतजावत गर्न अनुमति प्राप्त भएको गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो। धुलिगडा पुल सञ्चालनमा आएसँगै नौगाड गाउँपालिकाको खेडासम्म नियमित रूपमा बस सेवा सञ्चालन हुनुका साथै सामान ढुवानीमा सजिलो भएको छ। यहाँको कपडे भीर, सौकेबगड भीर, गोगनेनजिक पहिरो गएको स्थानमा पक्की वाल लगाउने काम भइरहेकाले आउँदो असारसम्ममा होपरीगाड–गोगनेसम्म बस सेवा र ट्रक सञ्चालनमा आउने उहाँले बताउनुभयो।
सिँचाइ अभावका कारण बाजुराका अधिकांश ठाउँको जमिन बर्सेनि बाँझो रहने गरेको छ। नौवटै स्थानीय तहमा खेती गर्ने जमिन प्रशस्त भए पनि सिँचाइको अभावका कारण जमिन बर्सेनि बाँझो रहने गरेको हो। उब्जाउ जमिन हिउँद र बर्खामै बाँझो रहँदै आएपछि यहाँका स्थानीयले भोकमरीको समस्या झेल्दै आउनु परेको छ। गाउँमा कमाइखाने जमिन प्रशस्त भए पनि त्यो जमिनमा सिँचाइ नहुँदा खेती गर्न नसकिएको स्थानीय बताउँछन्।
कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ। निर्माण कार्य सुरु भएको छ वर्ष बिते पनि भौतिक प्रगति सन्तोषजनक देखिएको छैन। पाँचौँ पटक थप गरिएको म्याद अब सकिन तीन महिना बाँकी हुँदा पनि निर्माण कार्यले अझै गति लिन सकेको छैन। कामको गति हेर्दा पाँचौँ पटक थप गरिएको समयमा पनि कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुने अवस्था देखिँदैन। हुलाकी राजमार्ग आयोजना कार्यालय, धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले राजमार्ग निर्माण कार्यमा ठेकेदारले लापरबाही गरिरहेको बताउनुभयो।
हिमाली क्षेत्रमा पोखरी बढेको सुन्दा प्राकृतिक सौन्दर्यका लोभी आँखाहरू कति चम्किएलान् । तर नियमित हिमालमा खेल्नेहरू निराश हुन्छन् । तल पहाडी क्षेत्र र तराईतिर मानवनिर्मित पोखरीले पनि मन रमाइदिन्छन्, आयआर्जन गराउँछन् । उत्तरी ध्रुवदेखिका चरा यस्ता ताल –पोखरी वरपर गाउँदै नाच्दै घर बनाएर सन्तान हुर्काएर लान्छन् । यद्यपि हिमाली क्षेत्रका पोखरी हेर्दा राम्रा लाग्लान्, तिनमा पनि जीव हुर्कलान् तथापि हिमक्षेत्रमा पोखरी बढ्नुको अर्थ हिमालमा ताममान बढ्नु
वर्तमान सरकार केही गरौँ देश र जनताका लागि भन्ने सोचमा रहेको पाइन्छ । यसले गर्ने कार्य धेरै छन् जसमध्ये प्रमुख काममध्येको एक हो सुशासन । सुशासन कायम गर्न वा भ्रष्टाचार नियन्त्रण गर्न कानुन ठिक हुनुपर्छ । कानुन धेरै प्रकारका छन्, जसमध्ये यहाँ प्रत्यायोजित कानुनको चर्चा गरिन्छ ।