बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना सम्पन्न भएको छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सम्पन्न भएको हो । यो आयोजनाको औपचारिक उद्घाटन सोमबार हुने कार्यक्रम छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर लामो बुटवल–लुम्बिनी प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी यसअघि नै सञ्चालनमा ल्याएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा मित्रराष्ट्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झाङ्सु नेपाल आउनुहुने भएको छ। भदौ २१ देखि ३० गतेसम्म लीको नेपाल भ्रमण तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँहरूबीच द्विपक्षीय वार्ता हुने जनाइएको छ। अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्नुहुनेछ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताउनुभएको छ। फैसला पुनरवलोकन भई कोइराला पुनः थुनामै गइसकेको अवस्थामा कैद घटाउने राय त्रुटिपूर्ण रहेको स्वीकार जबराले गर्नुभएको हो। आफूविरुद्धको महाभियोग प्रस्तावमा महाभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा उहाँले रायकै आधारमा महाभियोग लगाइए कुनै आपत्ति नभएको समेत बताउनुभयो।
मतपत्र छपाइमा भएको ढिलाइले निर्वाचन आयोगले तयार गरेको कार्यतालिका प्रभावित भएको छ। भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छाप्ने आन्तरिक कार्यतालिका रहेकोमा मतपत्र छपाइमा ढिलाइ हुने भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आन्तरिक तयारीमा रहेकाले तालिकालाई पछ्याउन नसक्दा समयमै मतपत्र छाप्न नसकिने भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको चुनाव चिह्नलाई लिएर मतपत्रको क्रम निर्धारण र डिजाइन हुन नसक्दा भदौ २० गते सोमबारबाट मतपत्र छपाइ सुरु हुन नसकेको हो।
जथाभावी रूपमा जुवाघर (क्यासिनो) सञ्चालन हुन थालेपछि सरकारले यसको दर्ता एवं सञ्चालनमा कडाइ गरेको छ। क्यासिनो सञ्चालन गर्न इजाजत प्राप्त कम्पनीले अब एउटा मात्र क्यासिनो सञ्चालन गर्न पाउने भएका छन्। केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७९ अन्तर्गत पर्यटन ऐन, २०३५ लाई संशोधन गर्दै सरकारले कुनै कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भेटिए छ महिनाभित्र एउटा इजाजत रद्द गर्ने भएको छ।
नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले आइतबारमात्र केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा पानीजहाज दर्ता ऐनमा पनि संशोधनको प्रस्ताव गरेको छ तर त्यसमा पानीजहाज सञ्चालनभन्दा पनि कसुरसम्बन्धी व्यवस्था मात्र छ। सरकारले पाँच दशकदेखिको पानीजहाजको सपनालाई मूर्त रूप दिने भन्दै ललितपुरको एकान्तकुनामा कार्यालय स्थापना गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिका वडा ३ राजगढ बजारस्थित रहेको पशु हाटबाट अवैधरूपमा राखिएको ४० बोरा चिनी बरामद गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं ३१ मा रहेको बेगनास तालको रमणीय दृश्य ।
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आइतबारको बैठक सकिएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ।
कास्कीको पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहिन सुकुम्वासीलाई आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले लालपूर्जा वितरण गर्नुभयो ।
नेकपा (एमाले) ले पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार नेम्वाङको नाम सिफारिस गरेको छ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द गरेपछि डायलाइसिस गराउने विरामीको बिजोग भएको छ । गत शुक्रबारबाट अस्पतालले डायलाइसिस सेवा बन्द गरेपछि उपचारका लागि आएका विरामीहरु अलपत्र परेका छन् ।
नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उमेदवारका लागि सिफारिस हुनुभएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सङ्घतर्फ तनहुँ क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ । कांग्रेस तनहुँले उहाँलाई आइतबार सिफारिस गरेको प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।