गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माणको कार्य लामो समयदेखि अलपत्र परेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका, पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखि अलपत्र परेको हो। तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँ ११ पैसामा निर्माण सम्झौता भएको थियो। निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। अहिले सो सम्झौता भएको कार्यालय नै खारेज भएको छ भने तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरू हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास, गुल्मीले पाएको छ।
जिल्लाको सुदूरउत्तरवर्ती खयरमारा गाउँ खोलाको जोखिममा छ। गाउँपूर्वको खयरमारा खोलाबाट कटान, डुबान र भूक्षयजस्ता प्रकोपको चपेटामा परेकाले यहाँको बस्ती अस्तित्वको सङ्कटमा छ। खयरमारा गाउँको शोक बनेको खयरमाराको नदी प्रणाली विगत वर्षदेखि पश्चिम सोझिएको छ। खोलाले गाउँलाई च्याप्दै लगेको छ। जोखिममा परेको खयरमारा यसअघि आफैँमा गाउँपालिका थियो। पुनर्संरचनापछि यो बर्दिवास नगरपालिकाको १० र ११ नम्बर वडा बन्यो। दुवै वडा गरी १४ हजारभन्दा बढीको बसोबास छ। गाउँमा सामुदायिक र संस्थागत गरी एक दर्जनभन्दा बढी विद्यालय छन्। मधेश प्रदेशमै उत्कृष्ट मानिएको निर्मल लामा बहुप्राविधिक शिक्षालय र व्यापारिक केन्द्र खयरमारा बजार पनि यही खोला तटमा छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जकी मुकेश्री माझी ५५ वर्ष पुग्नुभयो तर अहिलेसम्म उहाँको नागरिकता बनेको छैन। मुसहर समुदायकी माझी नागरिकताका लागि वर्षौंदेखि सङ्घर्षरत हुनुहुन्छ। “नागरिकताका लागि कहाँ–कहाँ पुगेँ तर अझै बनेको छैन, अब त आस पनि मरिसक्यो,” माझीले भन्नुभयो, “श्रीमान्को चार वर्षअघि मृत्यु भइसक्यो अब मेरो नागरिकता कसले बनाइदिन्छ ?” नागरिकता नहुँदा उहाँले चार वर्षअघि श्रीमान् बितेपछि पनि अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउनुभएको छैन। आफू वर्षौंदेखि यहीँ बसोबास गरिरहेको भए पनि श्रीमान्को जन्मसिद्ध नागरिकता भएका कारण नागरिकता नपाएको मुकेश्री गुनासो गर्नुहुन्छ। श्रीमान्–श्रीमती दुवैको नागरिकता नभएकै कारण उहाँका छोराछोरीको पनि नागरिकता बनेको छैन।
विराटनगरमा पछिल्लो समयमा बनेका व्यापारिक भवनले ‘बेसमेन्ट पार्किङ’ प्रयोजन खुलाएर नक्सा पास गरे पनि सडकमा रोकिएका सवारीका कारण जाम हुने गरेको छ। महानगरको क्षेत्राधिकारका सडक मात्रै नभई विराटनगरको बजार क्षेत्रमा राष्ट्रिय राजमार्गअन्तर्गत रानी–धरान सडकखण्डसमेत सवारी पार्किङस्थल बन्ने गरेको छ। विराटनगरमा पार्किङ व्यवस्थापनको काम गर्न जरुरी छ भन्ने अहिलेसम्म स्थानीय सरकारले बुझ्न सकेको छैन। निश्चित क्षेत्रका लागि तोकिएका पार्किङ स्थल नहुँदा महानगर क्षेत्रमा सवारी आवागमन नै अवरुद्ध हुनेगरी सडकको जाम छिचोल्न असहज बन्दै गएको हो।
पछिल्लो समय पर्यटन क्षेत्रले बिस्तारै लय समाउँदै छ । कोभिड–१९ को सङ्क्रमण बिस्तारै कम हुन थालेपछि तेस्रो मुलुकसहित भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको हो । पर्यटन व्यवसायीका अनुसार अहिले तेस्रो मुलुकबाट पनि पर्यटक आउन थालेका छन् । पोखरा आउने पर्यटक हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङमा अन्नपूर्णको पदयात्रा पूरा गरेर जाने पर्यटक पनि उत्तिकै छन् तर त्यहाँ पुगेका पर्यटक धेरै दिन टिक्न नसकेको व्यवसायी बताउँछन् । अझ धार्मिक पर्यटकको बसाइ अवधि मुस्ताङमा एक रातभन्दा बढी नहुने उनीहरूको भनाइ छ । पर्यटकको बसाइ कम हुनुमा पोखरेली व्यवसायी र सडक यातयात मुख्य कारक बनेको त्यहाँका व्यवसायीको गुनासो छ । पोखराका पर्यटन व्यवसायीले मुस्ताङ उक्लेका पर्यटकलाई घुमघाममा लैजाने र बसाइ अवधि बढाउने गरी प्याकेज नबनाउँदा समस्या परेको मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताउनुभयो ।
भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा ठूलो भएको जनाएको हो । यो प्रतिवेदनले सन् २०२९ सम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछि रहेको जनाएको छ । “आईएमएफको प्रक्षेपणले डलरमा भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठूलो भइसकेको छ । जुन अमेरिका, चीन, जापान र जर्मनीको पछाडि छ । एक दशकअघि भारत ठूलो अर्थतन्त्रको सूचीमा ११औँ स्थानमा थियो,” आईएमएफको प्रतिवेदनमा भनिएको छ ।
विमानस्थल र यसको परिसरमा हुने सानातिना सुरक्षा कमजोरी आफैँमा निकै गम्भीर चिन्ताको विषय हो। विमानस्थलका साना सुरक्षा त्रुटिले पनि सयौँ यात्रुको जीवन नै धरापमा पार्न सक्छ। राष्ट्रिय छविमा गम्भीर असर पर्न सक्छ। विमानस्थल र त्यसमा पनि अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय सुरक्षाका संवेदनशील क्षेत्र हो। त्यसैले संसारका सबै जसो विमानस्थलको सुरक्षा निकै सुदृढ एवं चुस्तदुरुस्त हुने गरेको हुन्छ। सुदृढ सुरक्षा व्यवस्थालाई विमानस्थलको एक प्रमुख पूर्वाधारका रूपमा समेत लिने गरिन्छ। मुलुकको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सम्बन्धमा विश्व कुख्यात अपराधीहरूले धेरै पहिले नै हात्तीसमेत छिराइदिने अभिव्यक्ति दिएका थिए। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाको अवस्था सम्बन्धमा यसले सङ्केत गरेको थियो। यसै सन्दर्भमा फेरि एक पटक त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भएको दुरुपयोगले नयाँ ढङ्गको परिचर्चा आरम्भ भएको छ। सुरक्षा चिन्ता बढाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान पाँचदलीय गठबन्धन आउँदो सङ्घीय तथा प्रादेशिक निर्वाचनमा समेत एकजुट भएर नै जाने सम्भावना देखिएको छ। अहिलेको पाँचदलीय गठबन्धन परिस्थितिजन्य बाध्यता र आवश्यकताको उपज हो। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई छली जथाभावी रूपमा अध्यादेश ल्याउने काम नगरेका भए तथा बिना कारण असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन नगरेको भए सम्भवत ः यस गठबन्धनले आकार लिने थिएन। संसदीय बहुदलीय व्यवस्थाको रक्षा गर्न, राज्यका प्रमुख अङ्गसहित संवैधानिक निकायको स्वायत्ततालाई कायम राख्न तथा कमजोर हुँदै गएको परराष्ट्र सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन पाँचदलीय गठबन्धनको आवश्यकता महसुस गरिएको हो। यो बाध्यता होइन कि आवश्यकताकै उपज हो। अहिले पनि एमालेका नेताहरूमा अहङ्कार र धम्कीपूर्ण
सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. ९ र भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं. ६ मा केन्द्र रहने गरी विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना हुने भएको छ। तत्कालीन समाजमा विद्यमान अन्याय, अत्याचार, भ्रष्टाचार, महिला हिंसा, लैङ्गिक विभेद तथा जातीय उत्पीडन आदि विकृतिविरुद्ध योग, ध्यान र भजन कीर्तनका माध्यमबाट आध्यात्मिक तवरले आवाज बुलन्द गर्न सहज थिएन। रूढिवाद र अन्धविश्वासमा जकडिएको समाज सुधारको निमित्त धर्मराज्य (सुशासन) स्थापनाको मागसहित कठोर सङ्घर्ष गर्ने क्रान्ति योद्धा योगमाया न्यौपाने ( वि.सं. १९२५–१९९८ ) को नाममा अरूण उपत्यकामा आयुर्वेद विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्न नेपाल सरकारले आ.व. २०७४/०७५ मा रु. दुई करोड ५० लाख बजेट विनियोजन भयो। संसद्बाट विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पास भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भई दुवै सदनबाट पास भइसकेको यो विधेयक सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि (ऐनको हैसियत प्राप्त भएपछि) विश्वविद्यालय स्थापनाको औपचारिक कानुनी आधार खडा हुनेछ।
प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । शनिवार अस्पतालमा मिर्गौला प्रत्यारोपण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अस्पताल प्रशासनले स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सेवा सुरु गर्ने जनाएको छ ।
सबै जनावर बराबर छन् तर केही जनावर अरूहरूभन्दा बढी बराबर छन् । (अल एनिमल्स आर इक्वल, बट सम एनिमल्स आर मोर इक्वल द्यान अदर्स) बेलायती साहित्यकार जर्ज अरवेलको चर्चित उपन्यास एनिमल फार्मका हरफ हुन् यी । जुन उपन्यासमा अरवेलले सोभियत सङ्घ, साम्यवादी कम्युनिस्टहरूको द्वैध चरित्र र तत्कालीन शासक जोसेफ स्टालिनमाथि कडा व्यङ्ग्य गरेका छन्।
जल, जङ्गल, जमिन साँधकिल्लाबाट जोडिएका त्रिदेशीय ‘चीन–नेपाल–भारत’ परम्परागत अन्तरसम्बन्धमा आधारित सँधियार मित्रराष्ट्र हुन्। उत्तरी सँधियार राष्ट्र चीनको (छिङ्हाई तिब्बती) हिमनदी क्षेत्रबाट ‘सिन्धु’, ‘ब्रह्मपुत्र’, ‘सालविन’, ‘याङ्चे’, ‘मेकोङ’, ‘वाङ हो’ नदी उत्पत्ति भएका छन्। कैलाश मानसरोवरादिबाट उद्गमित ब्रह्मपुत्र नदीको जल पूर्वी बङ्गालको खाडीमा, सिन्धु नदीको जल पश्चिमको अरब सागरमा गएर मिल्छ।
मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरबाट धमाधम उम्मेदवारको नामावली सिफारिस हुने क्रम बढ्दो छ । सिन्धुपाल्चोकका तीन ठुला दलले पनि आइतबार उम्मेदवार सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले मानव तस्करी रोक्न दीर्घकालीन नीति तयार गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खुलेआम मानव तस्करी भइरहेकोप्रति आइतबार समितिको बैठक बसेको थियो। बैठकले मानव बेचबिखन मानवताविरुद्धको अपराध भएकाले नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो।
कृषि सामग्री कम्पनी लिमिटेडले समयमा रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । मल नल्याउने सिल्क जेभी र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको कम्पनीले जनाएको छ । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्रबहादुर कार्कीले तोकिएको समयमा मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको जानकारी दिनुभयो । सम्झौता अवधि सकिएको छ महिनासम्म पनि मल ल्याउन समय दिँदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर धरौटी जफत गरेको उहाँले बताउनुभयो । आव २०७८/७९ मा यी दुई कम्पनीले ५० हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी गरी कुल ५५ हजार मेट्रिक टन मल आयातको सम्झौता गरेका थिए । ती कम्पनीले समयमा मल नल्याउँदा बजारमा अभाव भएको थियो ।