सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी सडकमा मच्चिँदैमा राजतन्त्र नफर्किने प्रस्ट पार्नुभएको छ । फागुन २१ गतेका मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै मन्त्री गुरुङले इतिहासको गर्भबाट मिल्काएको राजसंस्था फर्किन्छ भन्नु लोकतन्त्र र जनविरोधी कार्य भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयहरूले समयानुकूल विषयलाई प्राथमिकता दिएर विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सुझाव दिनुभएको छ ।
उदयपुरको त्रियुगा नगरपालकिा ९ राजावासमा शुक्रबार भएको दुर्घटनामा परी एक जना युवाको मृत्यु भएको छ ।
पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएसँगै आयोजकले ट्रफी सार्वजनिक गरेको हो।
सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ।
यहाँको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
६ वर्षीय ज्ञानेन्द्र लुहारको मष्तिष्क पक्षघातको उपचारको लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन्।
गोरखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदीलाई मातृशोक परेको छ । पत्रकार सुवेदीकी आमा मीना सुवेदी (७४) को शुक्रबार दिउँसो २ः४१ बजे विराटनगरस्थित घरमै निधन भएको हो ।
जनसङ्ख्या अनुसार समानुपातिक प्रतिनिधित्त्व हुने गरी आरक्षण कोटा बढाउनु पर्ने अडानसहित ऐन संशोधनको माग गरिएको हो। ऐन संशोधनको मागसहित थारू र रानाथारु समुदायका अगुवाले विभिन्न समय आन्दोलन गर्दै आएका छन्। अगुवाको आज बसेको बैठकले प्रदेश लोकसेवा आयोगले निकालेको नवौं तहको विज्ञापन तत्काल स्थगन गर्नसमेत माग गरेको छ।
चितवनबाट गत माघ ७ गते हराएको तीन पाङ्ग्रे सवारी (अटो) मकवानपुरको मनहरी गाउँपालिका–९ मा फेला परेको छ । चितवन जिल्ला रत्ननगर नगरपालिका–१० बस्ने पुष्पमणि शर्माको बा.पं. ०३–०१ ह १२२३ नम्बरको अटो मनहरी –९ स्थित ज्यामिरेनजिक फेला परेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशका ४० प्रतिशत महिला श्रम बजार बाहिर रहेको एक कार्यक्रममा बताइएको छ । धनगढीमा आज आयोजित मिडियासँगको अन्तरक्रिया कार्यक्रममा प्रदेशमा ठुलो संख्यामा महिला श्रम बजार बाहिर रहेको बताइएको हो ।
हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै आउन थालेको छ। स्थानीय पुस्तक तथा स्टेसनरी व्यावसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक जिल्लामा भित्र्याउन थालिएको हो।
हिलिहाङ गाउँपालिका–७ को महादेव आधारभूत विद्यालयमा अध्ययनरत माझी समुदायका बालबालिकालाई स्टेसनरी र स्कुल ब्याग उपलब्ध गराइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन वर्षभित्र संविधान संशोधन प्रक्रिया पूरा हुने बताउनुभएको छ ।
सर्लाही क्षेत्र नं. १ का पूर्व प्रतिनिधिसभा सदस्य प्रमोद साह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ।