विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजारलाई पारदर्शी र व्यवस्थित बनाउने प्रक्रिया सुरु भएकाले सञ्चार माध्यमले भदौ ८ गतेभित्र विज्ञापनको दररेट विज्ञापन बोर्डमा पेश गर्नुपर्ने बताउनु भएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को आयोजनामा अक्टोबर ३ देखि ९ तारिखसम्म श्रीलङ्कामा आयोजना हुने यु–२० भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल सङ्घले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ । आज महाँकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको अवलोकनपछि उहाँले काठमाडौँका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिनुभएको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।
ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापाः (मुखाकृति)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ ।
‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ राष्ट्रिय सभामा पेस गरिएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गर्नुभएको हो ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी १८२ जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि भदौ १ गते आइतबार दिउँसोसम्म १८२ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
बाँके जिल्लामा तीन आर्थिक वर्षमा ६० जना गर्भवती र सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरूमा बाँकेका मात्र नभई विभिन्न पहाडी र दुर्गम जिल्लाहरूबाट स्वास्थ्य अवस्था गम्भीर भइसकेपछि उपचारका लागि आउने गर्भवती र सुत्केरी महिलाहरू समेत रहेको कार्यालयले जनाएको हो।
तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता असोज ३ गतेदेखि ५ गतेसम्म धरानमा हुने भएको छ ।
भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जानुभएका डा. राणालाई आइतबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।
पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
उच्च अदालत बार एसोसिएसन पाटन, ललितपुरले नयाँ कार्यसमिति पाएको छ। शनिबार सम्पन्न निर्वाचनको परिणाम आइतबार सार्वजनिक भएको हो।