दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत र कृषि नायब प्राविधिक सहायकविरुद्ध नौ लाखभन्दा बढी भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भोटेकोशी गाउँपालिका शिरभेगमा अवस्थित ‘भैरवकुण्ड’ मा विशेषगरी जनैपूर्णिमामा भव्य मेला लाग्ने गर्दछ । साथै भैरवकुण्ड महत्त्वपूर्ण पर्यटकीय स्थल पनि हो ।
स्पेनिस महारथि बार्सिलोनाले नयाँ सिजनको ला लिगामा विजयी सुरुवात गरेको छ । मोस्टाला स्टेडियममा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोलले हरायो ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिसले यो साता पेन्सिल्भेनिया र सिकागोमा महत्त्वपूर्ण कार्यक्रमहरू गर्नुहुनेभएको छ ।
नेदरल्यान्ड्स आइसिसी विश्वकप लिग–२ को शीर्षस्थानमा उक्लिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।
बाँके जिल्लामा पर्याप्त वर्षा भएपछि धान रोपाइँ सम्पन्न भएको छ। जिल्लामा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाईंकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले जनताको जिउधनको रक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भएको छ।
सरकारले समुदायमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको छ ।
सांसद तुलसाकुमारी दाहालले काठमाडौँका विभिन्न म्यानपावर कम्पनीबाट साउदी अरब पुगेका नेपालीले त्यहाँ जानुभन्दा पहिला तोकिएको काम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
लगातारको वर्षाको कारण रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ घारीगाउँ माथि रहेको थापापाखा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोको कारण यस बस्तीका सात घरपरिवार विस्थापित भएका छन् ।
लगातार वर्षाको कारण गएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुमपश्चिम खण्ड आइतबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको विभिन्न स्थानमा पहिरो गएकोले पन्छाउने कार्य समेत सफल हुन सकिरहेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताउनुभएको छ ।