राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानुन जगतको महत्त्वपूर्ण दायित्व गहन रहेको बताउनुभएको छ ।
रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बन्नुभएको छ । उहाँलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उहाँ पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बन्नुभएको छ । यद्यपि, उहाँलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ ।
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–१०, सुदामा टोलमा शुक्रबार दुुई पक्षबिच झडप हुँदा १३ जना घाइते भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारको नीति तथा कार्यक्रममा युवालाई आशा जगाउने खालको कुनै कार्यक्रम नभएको बताउनुभयको छ ।
स्वास्थ्य बिमाको नवीकरण पेमेन्ट वालेट र आइपिएस जस्ता सेवा प्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बिमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले जानकारी दिनुभयो ।
‘‘इतिहास बनिसकेको राजतन्त्र फर्काउने नाममा प्रतिगामी तत्त्व सल्बलाउन थालेका छन्’’ शुक्रबार दिउँसो राष्ट्रिय जनमोर्चाले बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केसीले भन्नुभयो, ‘‘राष्ट्रमा समस्या आउँदा सबै संसदभित्र र बाहिर रहेका गणतन्त्रवादी शक्ति एकजुट हुनुको विकल्प छैन।’’
मकवानुरको हेटौँडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । यसअघि दुई पटक राष्ट्रिय शैक्षिक सम्मेलन गरिसकेको यस क्याम्पसले शनिबारदेखि अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको हो ।
भारतबाट नेपाल फर्किँदै गरेका एक नेपाली बस भित्रै मृत फेला परेका छन् । बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडिहामा गोर्खा घर भएका ४६ वर्षीय चेतबहादुर पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताउनुभयो ।
नेपाल बार एसाेसिएसन राजविराज उच्च अदालत बार एसाेसिएसन एवं सप्तरी जिल्ला अदालत बार एसाेसिएसनले संयुक्त रूपमा ७३ औँ कानुन दिवसको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा काशीराज गंगादेवी सम्मान पुरस्कार कार्यक्रमको आयोजना गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताउनुभएको छ । यसले जनतामा निराशा पैदा गरेको उहाँले उल्लेख गर्नुभयो ।
बाजुरामा घाँस काट्न वनमा गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–७ सेरकाटियाकी अदाजी ५० वर्षीया काली जोशी हुनुहुन्छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सूचना मागकर्तालाई सही सूचना सहज रूपमा उपलब्ध गराउन सरकारी कार्यालयमा कार्यरत सूचना अधिकारीहरुलाई निर्देशन दिनु भएको छ।
अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिँदै हुनुहुन्छ । आफूले सुहाउँदो र अनुकुल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेट गर्नुभएको छ ।
राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन ।