नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हर सम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।
दक्षिण कोरिया भ्रमणमा रहनुभएका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारको निर्णय अवज्ञा गर्दै आएको छ ।
कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित एकै दिन ६ जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–३, कुसमघाटमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ३५११ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक लम्किचुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षीय आकाश चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् ।
जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका दुर्गम गाउँ बस्तीमा सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माणण यहाँका स्थानीयलाई सेवा लिन सहज भएको छ ।
नेपाल आर्ट काउन्सिलमा सेप्टेम्बर ६ मा ‘रुट एन्ड रिफ्ल्याक्सन’ शीर्षक अन्तर्गत समूहगत कला प्रदर्शनी गरिएको थियो । यो कला प्रदर्शनी मूलतः ‘आर्ट एन्ड कल्चर’ समेटेर मेलाकै रूपमा आयोजना भएको थियो अर्थात् संस्कृतिमाथिको कला भने जस्तो पनि बोध हुन्थ्यो ।
काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सिसिटिभी क्यामेराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ ।
“कति राम्री छ थलपरी जस्ती ।” जिस्क्याउँदै गरेको मोहन मेरो नजिक आउँछ । म बोल्न हिच्किचाउँछु । तुरुन्तै जवाफ दिन पनि सक्दिनँ, त्यसैले मेरो मौनतालाई उसले अवसर मान्यो । झन् नजिकियो र फकाउने हदैसम्मको प्रयास गर्यो । मैले एकै शब्द नाइँ हुन्नमा सबै बेहोरा टुङ्ग्याएँ । त्यतिबेलाको उनाउ टल्यो । फेरि फेरि कालो बादल मडारियो । केटाहरू मात्र होइनन्, अधबैँसे, बुढा बुढा पनि र्याल चुहाइरहे
नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रियताको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।
व्यास नगरपालिका–१, रतौलीका अर्जुन बस्नेत १७ वर्षसम्म दुबईमा पसिना बगाए पनि आफूले खोजेको स्थिरता र आत्मसन्तुष्टि विदेशमा पाउन सक्नु भएन । पाँच वर्षअघि गाउँ फर्किएपछि कृषि व्यवसायमा लागेर उहाँले न केवल नयाँ पहिचान बनाउनुभयो ।
मतदाता नामावलीमा नाम दर्ता गराउने समय दुई दिन मात्र बाँकी रहेकाले जिल्ला प्रशासन कार्यालय बाँकेले कात्तिक २९ गते शनिबार पनि राष्ट्रिय परिचयपत्र बनाउने जनाएको छ ।
पुराना लेखक तथा राजनीतिज्ञ दीनबन्धु अर्यालको नवीनतम कृति ‘अन्त्येनारायणस्मृति’ फुटकर कवितासङ्ग्रह प्रकाशित भएको छ । यस कवितासङ्ग्रहमा विभिन्न भावभूमिका १९७ वटा कविता सङ्कलन गरिएको छ ।
कपालमा बेरेको रिबनको फूल जस्तै सुन्दर छिन् हमिदा स्कुलको ‘बस्ता’ बोकेर
जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति १ मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ ।