• २९ कात्तिक २०८२, शनिबार

राष्ट्रियताको रक्षाका लागि एकताबद्ध हुन आवश्यक : उपमहासचिव ज्ञवाली

blog

नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीप कुमार ज्ञवाली प्रेस चौतारी गुल्मीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, कात्तिक २९ गते ।
नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीप कुमार ज्ञवालीले राष्ट्रियताको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । प्रेस चौतारी गुल्मीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशको राष्ट्रियतासँगै लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको हो ।

जेनजी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला गुल्मी आउनुभएका पूर्वमन्त्री ज्ञवालीले राष्ट्रियताका रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने भन्दै लोकतन्त्र खतरामा पर्नुका साथै संविधान घाइते अवस्थामा रहेको बताउनुभयो । देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जनताले जोगाउन सक्ने बताउनुभयो । जनता नै सर्वपरि शक्ति भएको भन्दै उहाँले देशलाई जोगाउन सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।

देशलाई गलत बाटोतर्फ लैजान खोज्नेहरु धरै भएको हुँदा यसका लागि जनता सजग हुन आवश्यक रहेको उहाँले धारणा राख्नुभयो । सुशासन कायम, भ्रष्टाचार नियन्त्रण लगायतका विभिन्न मागहरुसहित जेनजीको शान्तिपूर्ण आन्दोलन भइरहेको क्रममा घुसपैठका कारण देशले ठुलो क्षति बेहोरेको उहाँले बताउनुभयो । जेनजीको भावनाामाथि खेलवाड भएको भन्दै उहाँले जेन्जीको माग संसदले मात्र पूरा गर्ने उल्लेख गर्नुभयो ।

घटनाको निष्पक्ष छानबीन गर्न जरुरी रहेको भन्दै अपराधिक घटनमा संलग्नलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । राजनीतिक दलले नै देशमा लोकतन्त्रको स्थापित गरको हुँदा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संविधानको विरुद्धमा संलग्न कसैलाई पनि छोड्न नहुने उहाँले बताउनुभयो ।

सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेतानपनि तोकिएको समयमा निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन गर्नका लागि सरकारले निष्पक्ष, निर्भयताको वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । तोकिएको समयमा निर्वाचन गर्न सरकारले दलका नेताहरुलाई निषेध गर्न नहुने भन्दै देशको प्रधानमन्त्रीले दलसँग समन्वय गर्न नखोजेको आरोप लगाउनुभयो । सरकारले दलसँग समन्व गर्न नखोज्दा मुलुक ठुलो सङ्कटमा पर्ने धारणा राख्नुभयो ।