युरोपेली युनियनका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि, काजा कल्लासले वेस्ट ब्याङ्कमा निरन्तर जारी हिंसाको कडा निन्दा गर्दै उक्त घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताउनु भएको छ ।
प्यालेस्टाइनले गाजा पट्टीका लागि अमेरिकाले तयार पारी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वीकृत गरेको प्रस्तावलाई स्वागत गरेको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित गाजा द्वन्द्व अन्त्य योजना तथा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने व्यवस्थालाई समर्थन गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको छ । परिषद्ले १३-० मतले प्रस्ताव अनुमोदन गरेको हो ।
बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ।
ज्ञानीसँग हाम्रा नानी’ यो गुल्मीको रेसुङ्गा नगरपालिका–८, सिद्धबाबा माविको रचनात्मक कार्यक्रम हो ।
सरकारले जाडो मौसमका लागि हिमाली र उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीत लहरलाई लक्षित गरी दुई छुट्टै राष्ट्रिय कार्य योजना–२०८२ को मस्यौदालाई अन्तिम रूप दिएको छ।
सवारी साधन अभावका कारण जिल्ला प्रहरी कार्यालय लमजुङलाई दैनिक कार्यसम्पादनमा समस्या भएको छ ।
प्रत्येक बिहान १७ वर्षीया रमाती मङ्गला झर्ना गाउँबाट धेरै किलोमिटर टाढासम्म नाङ्गो खुट्टा हिँड्दै पानी ल्याउन स्टिलको भाँडो लिएर प्रस्थान गर्नुहुन्छ । जब उहाँ घर फर्कनुहुन्छ, तबसम्म विद्यालय सुरु भएर सकिनै लागेको हुन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताउनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनायो ।
नेपाल औषधी लिमिटेडले नौ प्रकारका औषधी उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधीको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गरिरहेको दाबी गर्नुभएको छ ।
बाजुराको ओलेनावासी लामो समय देखि प्याज खेती गर्दै आएका छन् । उनीहरू कात्तिकदेखि प्याज लगाउने र असारमा निकाल्ने गर्छन् ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारस्थित ‘गोलन्जोर आधारभूत अस्पताल’ले अब चौबिसै घण्टा सेवा सुरु गरेको छ ।
जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको छ । यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा कार्यान्वयनमा लैजाने ‘म्यान्डेट’ छ ।