पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले एकैपटक ९२ जना कर्मचारी हटाएपछि सेवाप्रवाहमा असर पुगेको छ । गाउँपालिकाको तीन वटा शाखामा अहिले कर्मचारी छैनन् भने वडा कार्यालयको सेवाप्रवाहमा पनि प्रत्यक्ष असर पुगेको गाउँपालिकाले जनाएको छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले हालै भएको युवा पुस्ताको विद्रोह र त्यसको प्रभावबारे गम्भीर प्रश्न उठाउनु भएको छ ।
आँधीखोला गाउँपालिकाले दुधमा प्रतिलिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसिङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो ।
उपल्लो मुस्ताङ लोघेकर दामोदरकुण्ड गाउँपालिका–५, ध्ये गाउँका छिरिङ ढुक्के गुरुङ गाउँघरनजिकको पानीको मुहान सुकेपछि बसाइँसराइ गर्ने निर्णयमा पुग्नुभयो । कृषि र च्याङ्ग्रापालन पेसामा सक्रिय गुरुङ जस्तै झवाङ वाङचुक, डिन्डु गुरुङलगायत गाउँका २८ घरपरिवारले थाङचुङमा बसाइँसराइ गरेका छन् ।
सब डिभिजन वन कार्यालय दुम्कीबासले नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका–२ स्थित दाउन्ने बजार र दुम्किबास बजार आसपासमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
दाङबाट विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागखोला र कालीगण्डकी नदीको तटमा धेरै तीर्थालुलाई तर्पण गर्न सहज हुने गरी श्राद्ध स्थल बनाइने भएको छ । हिन्दु धर्मावलम्बीको पवित्र स्थल कागबेनीमा दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान दिन सहज हुने गरी मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
पाल्पाको पूर्वखोला देवीनगरस्थित उड्डाँडाबाट निरन्तर रूपमा कालो कोइलासहितको पानी बगेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । चार वर्षअघि उड्डाँडामा पहिरो खसे पनि कोइलासहितको पानी बगेको थिएन । पछिल्लो एक महिनायता उड्डाँडाबाट कालो कोइलासहितको लेदो पानी तिनाउ नदीमा बग्न थालेपछि तल्लो तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा बिहीबारका लागि तोकिएको पेसी स्थगित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा तोकिएको पेसी रविका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको हो ।
धनकुटाको पाख्रिवासमा भएको दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती रहनुभएको छ ।
सङ्घीय सरकारले स्थानीय तहहरुलाई अस्थायी र करार सेवाका कर्मचारी हटाउन निर्देशन गरेको थियो । सङ्घीय सरकारले दिएको उक्त निर्देशन धनकुटाका पाँच स्थानीय तहले आजका दिनसम्म पनि कार्यान्वयनमा ल्याएका छैन ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारीमा बिहीबर राति ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।
पश्चिम नवलपरासी जिल्लाका साप्ताहिक हाटबजारहरूमा बिक्री हुने तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीहरूमा विषादी (केमिकल) को अनियन्त्रित प्रयोग भइरहेको भन्दै साप्ताहिक हाट बजार व्यवसायी सङ्घ, नवलपरासीले गम्भीर चासो व्यक्त गरेको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले पहिलो कार्यालय प्रमुखहरुको बैठकमै ३४ वटा महत्त्वपूर्ण निर्णय गराउनु भएको छ ।
दैलेखका स्थानीय तहले आन्तरिक आयको परिधि र खर्चको मापदण्डविपरीत दुई करोड रुपियाँ खर्च गरेको देखिएको छ । सरकारी बजेट खर्च गर्दा गाउँपालिका तथा नगरपालिकाले आन्तरिक आयको परिधिभित्र रहेर खर्चको मापदण्ड तयार गरी विविध खर्च गर्न पाउने कानुनी व्यवस्था छ तर त्यसविपरीत खर्च गरेको पाइएको हो ।