नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्नेमा जोड दिनुभएको छ।
सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो ।
मंसिर महिनाको चिसो सिरेटोलाई बेवास्ता गर्दै पौंदेलीको न्वागी मेलामा भजनको छुट्टै रौनक थियो । दौरा–सुरुवालमा सजिएका पुरुष र मगर भेषभूषामा सजिएका युवतीले भजन प्रस्तुत गर्दा दर्शकदिर्घामा नचरी लगाउनेको लर्काे थियो ।
हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडासँगै विस्तार कार्य सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकको केन्द्रबाट दायाँबाया २५ गजभित्र बनेका घरटहरामा डोजर लगाएको हो।
शनिबार सम्पन्न फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधि चुमेको हो ।
दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते हुनुभएको छ ।
ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनुभएको छ।
कैलालीको धनगढीमा आज ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका –७ मा रहेको नवज्योती कृषि सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिक शेयर सदस्यसहित विभिन्न क्षेत्रमा योगदान दिनेलाई सम्मान गरेको हो ।
नेपाली प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय २१ रनको मध्यम लक्ष्य दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेकपा (एमाले)को ११ औँ महाधिवेशनको लागि नवयुग इ–बुलेटिन शुभारम्भ गर्नुभएको छ।
भक्तपुर दरबार स्क्वायर क्षेत्र ।