एन्फा मैदान सातदोवाटोमा बिहीबार भएको खेलमा प्लानिङले श्री भगवतीलाई ४–१ गोलले हरायो । प्लानिङको जितमा ओम खड्काले दुई तथा प्रशान्त तामाङ र प्रकाश बुढाथोकीले एक एक गोल गर्नुभयो ।
जेनजी पुस्ताको आन्दोलनमा सहिद हुनुभएका बैतडीका दीपकसिंह साउदको घरमा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली पुगेको छ ।
पाँचथरको फिदिममा चासोक मेला सुरु भएको छ । मौलिक संस्कार र सस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष उधौली पर्वको सन्दर्भ पारेर लगाइने यो मेला विहीबारदेखि फिदिम ४ गडी क्षेत्रमा शुरु भएको हो ।
पश्चिम नवलपरासीमा यस वर्ष धान उत्पादन सामान्य मात्र वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र परासीले दिएको जानकारी अनुसार यस वर्ष जिल्लामा ०.४ प्रतिशतले मात्र धान उत्पादन वृद्धि भएको छ । गत वर्ष ९५ हजार ५९ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ९५ हजार ४३६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिनुभयो ।
युवा अपाङ्ग सङ्गठन नेपालको संयोजनमा समाजसेवी मधु क्षेत्रीले अपाङ्गता भएका व्यक्तिलाई स्वरोगजगार बन्न सहयोग पुर्याउने उद्देश्यले एक लाख पचास हजार रुपियाँ बराबरको विभिन्न सामग्री हस्तान्तरण गर्नु भएको छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ ।
पत्रकारिता क्षेत्रमा योगदान गरेका पत्रकारद्वय प्रकृति अधिकारी र रामकृष्ण कर्माचार्य सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुने भएको छ ।
सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल दुई देशबिचको सैन्य द्वन्द्व रहेन । चार वर्षको अवधिमा यो युद्ध युरोपेली सुरक्षा संरचना, अन्तर्राष्ट्रिय कानून, शक्ति सन्तुलन र विश्व राजनीतिका आधारभूत मान्यतालाई नै चुनौती दिने स्तरमा पुगेको छ ।
रूसी आणविक-सक्षम बमवर्षक विमानले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन सागर र बेरेन्ट्स सागरमाथि ‘निर्धारित’उडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् ।
भिर पहरा आरोहण स्थलको सहजताका लागि नेपालमै पहिलो पटक टोपो म्याप निर्माण सुरु भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा म्याप निर्माणको काम सुरु गरेको हो।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिनुभएको छ ।
झापाको बिर्तामोडमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड वडा ४ आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा हिजो साँझ (बुधवार राति) मृत्यु भएको हो ।
जिल्लाको विजयनगर गाउँपालिकाको डेडुवा जोतस्थित भारततर्फको जङ्गलमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५१ औँ दीक्षान्त समारोह आयोजना गरेको छ ।