गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलबिद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढीगण्डकी ‘क’ र बुढी गण्डकी ‘ख’ नामक दुई आयोजना बिकास गर्न लागेको हो ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समयको मागअनुसार राजनीतिक दल परिमार्जन गर्नु आवश्यक रहेको टिप्पणी गर्नुभएको छ।
नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि ड्रोनबाट खिचिएका तस्बिरको विशेष फोटो प्रदर्शनी हुँदैछ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ।
ताप्लेजुङमा जङ्गली जनावर भालुले निरन्तर आतङ्क मच्चाइरहेको छ । जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पछिल्लो दुई सातायता भेडाबाख्रा खानुका साथै आक्रमण गरेर भालुले निरन्तर आतङ्क मच्चाइरहेको हो ।
कैलालीको घोडाघोडी नगरपालिका –१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा लक्ष्मण न्यूरे बिजयी हुनुभएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताउनु भएको छ ।
शीतलहरको कारण विगत केही दिनदेखि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले निःशुल्क दाउरा वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
जिल्लामा शान्ति सुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्नका लागि अन्तर जिल्लास्तरीय सुरक्षा समन्वय बैठक रिडीमा भएको छ ।
दिगो विकासको लक्ष्य समेत रहेको स्वच्छ पानीको लागि सल्यानका पालिकाले निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएका छन् ।
सर्लाहीको बलरा नगरपालिका –१०, सुदामा ब्यारेजमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ब्यावसायिक रुपमा सञ्चालनमा आएको पाँच महिना नपुग्दै ५ अर्बभन्दा बढी राजस्व संंकलन गरेको छ ।
थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ । सरकारका अनुसार यस कदमको उद्देश्य धर्म वा विश्वासको अनादर गर्ने उद्देश्य नभई सीमा क्षेत्रमा नियन्त्रण कायम गर्नु र सुरक्षा सुनिश्चित गर्नु थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका अस्वाभाविक शब्दहरु हटाउने र मेटाउने अभियान सञ्चालन गरेको छ ।