गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ज्ञानोदय माध्यमिक विद्यालय मजुवाले जितेको छ।
नेपालमा पूर्वानुमानमा आधारित पूर्व कार्यको सुदृढीकरण परियोजना अन्तर्गत सप्तरीको राजविराजमा पाँचदिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ को आयोजना गरिएको छ ।
प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
नेपालबाट जडिबुटी निकासी गर्ने क्रम फेरि बढ्दै गएको छ । साविकको मध्य र सुदूरपश्चिमको केन्द्रविन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपालगन्ज पुनः जडिबुटी निकासीको ‘हब’ बन्दै गएको छ ।
हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सिन्धुपाल्चोकको ग्रामीण भेगका एक सय २० जना वृद्धवृद्धाहरूको मोतीविन्दुको सफल शल्यक्रिया गरिएको छ । सुनकोसी इन्द्रावती समाज, सिन्धुपाल्चोकको संयोजनमा सञ्चालित चार दिने शिविरमा उनीहरुको दृष्टि फर्किएको हो ।
क्रियाशील पत्रकार महिला(डब्लुडब्लुजे)ले पत्रकार महिलाको क्षमता अभिवृद्धिको उद्देश्यसहित राजधानीमा तीन दिने तालिम सम्पन्न गरेको छ ।
विद्यालयमा शिक्षक टिकाउन र भविष्यको सुुनिश्चित्त गर्न हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले निजीस्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।
लमजुङको दोर्दी गाउँपालिकामा रहेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ ।
मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आउनुभएका २७ वर्षे थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नुभएको थियो ।
लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेँसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारीले पछिल्लो एकसाता यता भन्सार कार्यालयमा रहेको एउटा कोठामा जेनतेन रात काट्दै छन् ।
बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँ लगायतका विभिन्न ठाउँमा मार्तडीदेखि कोल्टी आउने लामो दूरीका सवारी साधान दुर्घटना हुने जोखिम बढेको छ ।
थारू समुदायको साझा संस्था थारू कल्याणकारिणी सभा (थाकस)ले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । थारू कल्याणकारिणी सभाको हालै बसेको केन्द्रीय कमिटी बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
इस्मा गाउँपालिका–१, विपी पार्क खेल मैदानमा १५ वर्षीय छविलाल कालाले प्रर्दशन गरेको उत्कृष्ट खेलले दर्शकको मन निकै जित्यो ।