धादिङको रुवीभ्याली गाउँपालिकाको वडा ५ अन्तर्गत पर्ने लापा गाउँमा पहिलो पटक गाडी पुग्दै छ ।
गाजा सहरमा विस्थापित मानिसले बसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
गुल्मीको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी–इश्मा भित्री कच्ची सडक खण्डमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
यस वर्षको भूकम्प सुरक्षा दिवसको मूल नारा ‘सबै तहको सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने तय गरिएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२६ को मेसम्म थप तीन सयभन्दा बढी सैनिक बाहिरिने तयारीमा छन् ।
काठमाडौँ महानगरपालिकाका वडाहरूले आफ्नो क्षेत्रभित्र अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइवर इन्ट्रानेटका माध्यमबाट निगरानी कक्षमा जोडेका छन् ।
धनुषाको मिथिला नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन हुने भएको छ । नेपाल सरकारको करदाता सेवा स्थानीय तहबाट दिने निर्णय अनुसार यस पालिकामा करदाता कार्यालय सञ्चालन हुने भएको हो ।
स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला एक भीडभाड भएको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा धेरैको अवस्था गम्भीर छ ।
नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो ।
कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष पर्यटक आगमनले नयाँ इतिहास रचेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा कुल दुई लाख ९९ हजार आठ सय ३० जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् ।
प्राकृतिक जलाशयमा जलीय विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्ने उद्देश्यले पश्चिम मकवानपुरको मनहरी खोलामा विभिन्न जातका ५२ हजार माछाका भुरा छाडिएको छ ।
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नु पर्ने बताउनु भएको छ । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उहाँले बताउनुभयो ।
शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।