एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा भने कम देखिएको छ । लगानीकर्ता अहिले संयुक्त राज्य अमेरिकाको वाल स्ट्रिटबाट नयाँ सङ्केतको प्रतीक्षामा छन् ।
पुस, वनभोजको महिना । अत्यधिक चिसो छ । चौरमा भएका चालिसभन्दा बढी स्टलहरु खचाखच भरिएका छन् ।
संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा बढी दादुराका घटना दर्ता भएका छन्, जुन सन् १९९२ पछि सबैभन्दा धेरै वार्षिक सङ्ख्या हो ।
सोमालियाको सेनाले देशको मध्य क्षेत्रमा अल शबाबविरुद्ध सैन्य कारबाहीका क्रममा २९ जना अल शबाब लडाकु मारिएको दाबी गरेको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति हुनु सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।
शहरी विकास मन्त्रालय मातहतको काठमाडौँ उपत्यकाका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ ।
गाम्बियाको तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको अधिकारीले बताएका छन् ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पवित्र पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई लिएर उहाँको सम्भावित उत्तराधिकारीको रूपमा स्थान बलियो बनाउने कदमका रूपमा विश्लेषकले हेरेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर बढी हुने बताएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मन्त्री श्रद्धा श्रेष्ठले सरकार बालअधिकार सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
लोपोन्मुख हुँदै गएको गण्डकी प्रदेशको मौलिक पहिचान ‘ठाडोभाका’ अब पुस्ताबाट पुस्तामा सार्ने एउटा सशक्त पुल निर्माण हुँदैछ ।
एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ ।
माघी पर्व नजिकिएसँगै यहाँका थारू बस्तीमा तयारी सुरु भएको छ । थारू समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ ।
झापाको मेचीनगर ६ स्थित निर्माणाधीन एसियाली राजमार्गको पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब तीव्र पारेका छन् ।