आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा पुरुषको भन्दा महिला मतदाताको सङ्ख्या बढी देखिएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको मतदातामध्ये महिलाको सङ्ख्या आठ लाख ६४ हजार ४२३ महिला र पुरुषको सङ्ख्या आठ लाख ५२ हजार २१९ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारीले जानकारी दिनुभयो । त्यस्तै १८ जना अन्य मतदाता रहेका छन् ।
बाँकेको जानकी गाउँपालिकाले विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
बाजुरामा लामो समयको खडेरीले यहाँका अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ ।
लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् ।
प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो ।
जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लाग्नुभयो । लाउलाउँ खाउखाउँ उमेरका उहाँ अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुनुहुन्छ ।
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा सखरखण्डको व्यापार बढ्दै गएको छ । माघे सङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले राम्रो बिक्री हुने समेत गरेको गर्दछ ।
फैसला कार्यान्वयनको क्रममा सप्तरीमा विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ । कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिइएको हो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा भूमिहीन दलित एक जना र अव्यवस्थित बसोवासी १४ जना गरी कुल १५ जनाले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ ।
कठ्याङग्रिदो चिसोको असर पूर्वपश्चिम राजमार्ग विस्तार कार्यमा समेत देखिएको छ । कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड)अन्तर्गत अहिले सर्लाही, महोत्तरी र धनुषामा राजमार्गलाई चार लेनको बनाउने काम जारी छ ।
कञ्चनपुरमा चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म एक हजार १८ महिला तथा किशोरीले गर्भपतन गराएका छन् । जिल्लास्थित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका तथ्याङ् अनुसार, पछिल्लो पाँच महिनामा २० वर्ष कम उमेर समूहका ३० जना र २० वर्षमाथिका ९८८ गरेर एक हजार १८ महिला तथा किशोरीले गर्भपतन सेवा लिएका हुन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा रहेका छन् ।