देवचुली नगरपालिका नवलपुरको सिसवार मध्यवर्ती क्षेत्र अन्तर्गत दिव्य सामुदायिक वनमा रहेको शनिश्चरे ताललाई पुरानै स्वरूपमा फर्काइने भएको छ ।
बाहिर सयौँको सङ्ख्यामा रहेका बथानका गिद्ध रुखमा बसिरहेका छन् । कतिबेला सिनो हालिदेलान् र खान पाउँला भनेर कुरिरहेका छन् ।
नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि तीन जिल्लाका जनप्रतिनिधि एक भएर दबाब दिने भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट चार वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ शङ्खदेवमा रहेको श्री शिक्षाबोधनी (सामुदायिक) माध्यमिक विद्यालयलाई कारबाही सिफारिस भएको छ ।
सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयले रुख कटान आदेश नदिँदा नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण अलपत्र परेको छ ।
कावासोती नगरपालिका–११ का एक दम्पती दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्छ । श्रीमान् साउदी अरब र श्रीमती कुवेतमा । उहाँहरूका दुई छोराछोरी जनता आधारभूत विद्यालय कावासोतीमा अध्ययनरत छन् । श्रीमान् श्रीमती नै विदेश गएपछि उहाँहरूले छोराछोरी र घर हेर्नका लागि विवाह गरेर चितवन गएकी बहिनीलाई आफ्नै घरमा ल्याएर राख्नुभएको छ । बहिनी सुनिता (नाम परिवर्तन) को उमेर भर्खर २३ वर्ष भएको छ । उहाँको एउटा तीनवर्षे छोरा हुनुहुन्छ । श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ । दुई छोरा छोडेर जेठाजुका श्रीमान् श्रीमतीले नै अर्कै घरबार गरेपछि ती छोरासहित पाँच जना बालबालिकाको लालनपालन र शिक्षादीक्षाको जिम्मा पनि अहिले सुनिताकै काँधमा छ ।
नवलपुरको कावासोती नगरपालिका–१७ का पूर्व र वर्तमान जनप्रतिनिधि मिलेर यतिबेला बारीभरि लटरम्म मेवा फलाइरहनुभएको छ ।
नवलपुर सदरमुकाम कावासोतीको एउटै वनमा अति लोपोन्मुख गिद्धले १९ वटा गुँड लगाएर प्रजनन गरिरहेको पाइएको छ । कावासोतीमा नमुना सदरमुकाम बनाउने भनिएको ज्योतिकुञ्ज सामुदायिक वनमा मात्र १९ वटा गुँडमा अति लोपोन्मुख डङ्गर प्रजातिका गिद्धले प्रजनन गरिरहेका गिद्ध संरक्षणकर्मी डिबी चौधरीले जानकारी दिनुभयो ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ । ती सबै २०६५/६६ देखि आधुनिक तरकारी खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ ।
पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले सरकारले तत्काल सीमा समस्या समाधान नगरे सङ्घीय सरकारविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।
नवलपुरमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । वैशाख ३१ गते यता बाघ र गैँडाको आक्रमणबाट २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सम्पन्न भएको छैन ।
साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ साल चैतमा नारायाघाट–बुटबल सडकको शिल्यान्यास गरिएको थियो । तर साढे चार वर्षको अवधिमा पनि बाटो विस्तारको कामले सोचेअनुसार गति लिन नसकेपछि दुई पटकसम्म म्याद थपिएको छ ।
नवलपुरका मिटरब्याज र लघुवित्तीय संस्थाका पीडितहरुले आफूहरुमाथि अन्यायपूर्ण तरिकाले थोपरिएको ऋण र ब्याज नतिर्ने घोषणा गरेका छन् ।