• १५ वैशाख २०८१, शनिबार

एसियाडका लागि स्क्वास खेलाडी चयन

blog

एसियाडमा छनोट हुन सफल स्क्वास खेलाडी ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ६ गते । नेपाल स्क्वास राकेट्स सङ्घले बुधबार १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ खेलाडी चयन गरेको छ । एसियाली खेलकुदको कुम्भमेला १९औँ एसियाड सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुँदैछ । 

आगामी एसियाडमा नेपाल २९ खेलमा सहभागी हुनेछ । नेपाल स्क्वास राकेट्स सङ्घले राउन्ड रोविन लिगको आधारमा भएको छनोट प्रतियोगितामार्फत खेलाडीहरू छनोट गरेको छ । आगामी एसियाडमा चयन हुनेमा दिदीभाई कृष्णा थापा र अमृत थापा पनि हुनुहुन्छ । उहाँको बुबा हिराबहादुर थापाले प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ । 

नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, र स्वस्थानी श्रेष्ठ पनि हुनुहुन्छ । टिमको मेनेजरमा सङ्घका अध्यक्ष किशोर महर्जन रहनुभएको छ । आगामी एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।