• १४ वैशाख २०८१, शुक्रबार

पहिरोमा परी बाबु छोराको मृत्यु

blog

ताप्लेजुङ, असार ४ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबु छोराको मृत्यु भएको छ । सोमबार बिहान गएको पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका बाबु छोराको मृत्यु भएको हो । त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते हुनुभएको पनि प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यता वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिनुभयो । कडरियाका अनुसार पहिरोमा गम्भीर घाइते हुनुभएका राजकुमार राईलाई उपचारमा लैजानका लागिसमेत समस्या भइरहेको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।