• ६ चैत २०८०, मङ्गलबार

नदीमा डुबेर भारतीय तीर्थयात्रीको मृत्यु

blog

शान्ता अधिकारी

चितवन, असार १ गते । भारतको अयोध्यादेखि देवघाट तीर्थयात्रामा आएका एक यात्रीको नदीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले दिनुभएको जानकारी अनुसार देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा शुक्रबार मध्यान्ह एक जनाको डुबेर मृत्यु भएको हो । 

प्रहरीका अनुसार भारतबाट देवघाट तीर्थयात्रामा आएका ५० जना तीर्थयात्रीमध्ये मृत्यु हुनेमा अयोध्या बस्ने २२ वर्षीय प्रदिप शर्मा हुनुहुन्छ । शुक्रबार मध्यान्ह यूपी ६२ एपी ९६९६ नम्बरको गाडिमा ५० जना आएकोमा निजहरु सबैजना स्नान गर्न गएको र एक जना नदीमा डुबेको सुचना पाएपछि अस्थायी प्रहरी चौकी देवघाटबाट प्रहरी सहायक निरीक्षक जितेन्द्र मिश्रसहितको टोली र वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोलीसहित उद्धार कार्यमा जुटेको थियो । 

मध्यान्ह १२ः४५ बजे भएको उक्त घटनामा १ः२५ बजे नदीमा डुबेका व्यक्तिको मृत्यु भइसकेको अवस्थामा उद्धार भएको थियो । मृतकको मुचुल्का गरी भरतपुर अस्पतालमा शव पोष्ट मार्टमको लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।