• २६ वैशाख २०८१, बुधबार

सन्दीप र दीपेन्द्रलाई ग्लोबल टी–२० मा अवसर

blog

क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ।

काठमाडौं, जेठ ३१ गते । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्नु हुनेभएको छ ।

लिगका लागि मंगलबार राति भएको अक्सनबाट सन्दीपलाई सुरे ज्याकवार र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले टोलीमा अनुबन्ध गरेको हो । सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–२० खेलिसक्नुभएको छ ।

उहाँले पहिलो सिजन मोन्टेरियल टाईगर र दोस्रो सिजन टोरन्टोबाट खेल्नुभएको थियो । दीपेन्द्रले भने पहिलो पटक ग्लोबल टी–२० लिगमा अवसर पाउनुभएको हो ।

नेपालका सोमपाल कामीले पनि यसअघि ग्लोबल टी–२० खेल्नुभएको थियो । ग्लोबल टी–२० आगामी जुलाई २० देखि अगस्ट ६ तारिखसम्म क्यानडामा हुनेछ ।