• ७ जेठ २०८१, सोमबार

पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

blog

गोल गरेपछि खुशी मनाउँदै डर्टमन्डका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, वैशाख २६ गते । बलियो प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै वोरुसिया डर्टमन्ट युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पीएसजीको घरेलु मैदानमा मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा डर्टमन्ड १–० गोलले विजयी भयो । डर्टमन्ड समग्रमा २–० गोलको जित निकाल्दै फाइनलमा पुगेको हो ।


यसअघि पहिलो लिगमा पनि डर्टमन्ट १–० गोलले विजयी भएको थियो । डर्टमन्डको जितमा माट्स हुमेल्सले ५०औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । 

डर्टमन्ड सन् २०१३ पछि फाइनलमा पुगेको हो । त्यतिवेला डर्टमन्ड फाइनलमा बायर्न म्युनिखसँग २–१ गोलले पराजित भएको थियो । स्टार खेलाडी केलियन एम्बाप्पेको साथ पाएको पीएसजीको पुनः उपाधि चुम्ने सपना साकार भएन । एजेन्सी