• २३ असार २०८१, आइतबार

कांग्रेस सभापति देउवा सिंगापुर जानुहुँदै

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडौं, जेठ ३० गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै हुनुहुन्छ। 

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले  मंगलबार राति ११ बजे सिंगापुर जाने तयारी भइरहेको जानकारी दिनुभयो। स्वास्थ्य उपचारका लागि सभापति देउवा सिंगापुर जान लाग्नुभएको उहाँको भनाइ छ।  

सभापति देउवासँगै कांग्रेस केन्द्रीय सदस्य डा. आरजु देउवा राणा सिंगापुर जाँदै हुनुहुन्छ।