• १५ वैशाख २०८१, शनिबार

वृद्ध मृत फेला

blog

साङ्केतिक तस्बिर ।

रेखीराम राना
पाल्पा, चैत १३ गते ।
 जिल्लाको रैनादेवी छहरा–८, कोहल बस्ने ७० वर्षका वृद्ध मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान आफ्नो घरको खानेपानीको पाइप बनाउन घर नजिकै भल्टेखानी गैरामा जानुभएका रनबहादुर रेश्मी गएराति मृत अवस्थामा फेला पर्नुभएको हो ।

घरमा नफर्किएपछि खोजतलास गर्ने क्रममा रेश्मी भल्टेखोनी गैरा नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रेश्मीको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

भल्टेखानी गैरा माथिबाट खसेको ढुङ्गाले लागेर रेश्मीको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । शवको पाष्टमार्टमका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।