• २६ वैशाख २०८१, बुधबार

तम्घासमा लघुवित्तको ज्यादतीविरुद्ध विरोध प्रदर्शन

blog

विरोध प्रर्दशन तथा धर्नामा सहभागी। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, फागुन १६ गते। गुल्मीको सदरमुकाम तम्घासमा लघुवित्त संस्थाको ज्यादतीबाट पीडित स्थानीय विरोध प्रदर्शनमा उत्रिएका छन्। “बाँचौँ, बचाऔँ र अघि बढौँ”, “लघुवित्तिय संस्थाको ज्यादतीको विरुद्धमा एक भएर जुटौँ” भन्ने मुख्य नारा लेखिएको ब्यानरसहित जिल्ला प्रशासन कार्यालय अगाडि पीडितले प्रदर्शन गरेका हुन्। 

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति केन्द्रीय समिति, नेपालको आयोजनामा जिल्लाका लघुवित्तिय संस्थाको ज्यादतीबाट पीडित महिलाले लघुवित्त संस्था खारेजीको मागसहित विरोध प्रदर्शन गरेका हुन्। 

उनीहरूले लघुवित्तिय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गरिनुपर्ने, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतको माग गरेका छन्। 

लघुवित्त विरुद्धको सङ्घर्ष समिति केन्द्रीय समितिका अध्यक्ष मनिराम ज्ञवालीले सरकारले  लघुवित्त संस्थालाई कम्पनी ऐनमा दर्ता गरेर परिचालन गर्ने गरी नीति बनाउनु नै गलत भएको बताउनुभयो 

समूह सदस्य कुनै कारण एक सदस्यले किस्ता तिर्न नसकेको अवस्थामा सम्पूर्ण सदस्यको बचत वा ऋण बनाएर उक्त सदस्यको रकम असुल गर्ने प्रावधान गलत भएको उहाँको भनाइ छ।

मासिक किस्ता असुली गर्दा एक/दुई दिन पनि पर्खिन नसक्नु, सदस्यको सामाजिक बदनाम गर्नु, आत्महत्या गर्न प्रेरित गर्नु, गाली बेइज्जत गर्दै कर्मचारीले विभिन्न नाममा धम्काउने र ज्यादतीको कारण महिला दिदी बहिनीबीच द्वन्द्व सिर्जना हुनुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने अध्यक्ष ज्ञवालीले उल्लेख गर्नुभयो।