आइपीएलमा सन्दीपको पहिलो खेल

sandeep lamichane

प्रजित शाक्य-
रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध शनिबार राति दिल्ली डेयरडेभिल्सको जर्सीमा सन्दिप लामिछाने मैदानमा उत्रिएपछि नेपाली क्रिकेट समर्थकहरुको आप्mनो खेलाडीलाई इन्डियन प्रिमियर लिग (आइपीएल)मा खेलेको हेर्ने चाहना पूरा भएको छ ।
लेग स्पीनर सन्दीप बेंगलोरविरुद्ध खेलेर आइपीएलमा खेल्ने पहिलो नेपाली क्रिकेटर बन्नुभयो नै उहाँले विश्वकै सबभन्दा ठूलो तथा बलरका लागि कठिन टि–ट्वान्टी प्रतियोगितामा आप्mनो पहिलो खेललाई स्मरणीय पनि बनाउनुभयो । सन्दीपले एघार खेलमा बेञ्चमा रहेपछि मौका पाउनुभएको हो ।
हुनत बेंगलोरविरुद्धको खेलम सन्दीपको टिम दिल्ली पाँच विकेटले हार्यो । जुन नतिजाले दिल्ली डेयरडेभिल्स अन्तिम स्थानमा कायम रह्यो । तर दिल्ली हारेको खेलमा पनि सन्दिप चर्चामा रहनुभयो ।
विश्वका दुई उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र एबी डिभिलियर्सले विस्फोटक ब्याटिङ गरेर बेंगलोरलाई जित दिलाउनुभयो । कोहलीले ४० बलमा ७० रन र डिभिलियर्सले ३७ बलमा अविजित ७२ रनको पालि खेल्नुभएको थियो । यद्यपि यी दुईले लयमा हुँदा पनि सन्दीपविरुद्ध खुलेर रन प्रहार गर्नसक्नुभएन ।
त्यसैले डिभिलियर्सले म्यान अफ दि म्याच जितेपछि भन्नुभयो– लामिछानेबाट धेरै प्रभावित भएँ । मात्र १७ वर्षीय ठिटोको यस्तो प्रदर्शन प्रशंसनीय छ, यस्ता खेलाडीहरुको प्रवेशले विश्व क्रिकेटलाई नै प्रेरणा दिन्छ, लामिछानेजस्ता खेलाडीले कम उमेरमै कसरी यसरी खेल्न सक्छन्, म चकित छु ।
सन्दीपले फालेका २४ मध्ये दस ‘डट’ बल थियो । सन्दीपले चार ओभरमा २५ रन खर्चेर एक विकेट लिनुभयो । दिल्लीका कप्तान श्रेयर एयरले सन्दीपलाई पहिलो ओभरमा नै बलिङ गर्न लगाउनुभएको थियो । उहाँभन्दा अनुभवी भारतीय टिमका लागि थुप्रै विकेट लिइसकेका अर्का लेग स्पीनर अमित मिश्रा विकल्पको रुपमा हुनुहुन्थ्यो । तर कप्तान श्रेयसले जोखिम उठाउनुभयो । सन्दीपले पनि कप्तानको विश्वासलाई गुम्न दिनुभएन ।
सन्दीपका लागि यो खेल ठूलो अवसर थियो । यस खेलमा आप्mनो छाप छोड्न सकेमा आप्mनो मात्र होइन नेपालकै नाम चम्किन्थ्यो । यद्यपि सुरुमै बलिङ गर्नु सजिलो कार्य भने थिएन । एक त सन्दीप पहिलो पटक आइपीएल जस्तो विश्वकै नजरमा रहेको प्रतियोगितामा प्रत्यक्षरुपमा ३० हजारभन्दा बढी दर्शकको अगाडि खेल्दै हुनहुन्थ्यो । अर्को पावरप्लेमा स्पीनरलाई बलिङ गर्नु कठिन काम हो । पालिको पहिलो छ ओभरमा ३० गजभन्दा बाहिर मात्र दुई फिल्डर राख्न सकिन्छ । यसगरी, बेंगलोरका प्रारम्भिक ब्याट्सम्यानद्वय पार्थिव पटेल र मोइन अलीको छवि विस्फोटक ब्याट्सम्यानको रहेको छ ।  

sandip
तर पार्थिव र अलीजस्ता अनुभवी विश्वस्तरीय ब्याट्सम्यान सन्दीपको बलिङमा कसिनुभयो । पदार्पण खेलको पहिलो ओभरमा नै आफूलाई व्यक्त गर्ने अवसर पाएका सन्दीपले पाँचौँ बलमा नै विकेटको मौका गुमाउनुभएको थियो । सो ओभरमा उहाँले मात्र छ रन खर्चनुभयो । जसमा एक चौका बाईबाट गएको थियो । जुन विकेट पनि हुनसक्थ्यो । त्यसपछि पालिको तेस्रो र आप्mनो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई एलबीडब्ल्यूको धरापमा पार्नुभयो । लेग स्पीन बल हल्का घुमेपछि सन्दीपको जालोमा पार्थिव पर्नुभएको हो । यस सत्रमा लयमा रहका ब्याट्सम्यान पार्थिव छ रनमै आउट भएपछि दिल्लीको सुरुवात राम्रो भएको थियो । सो ओभरमा पनि सन्दीपले मात्र पाँच रन खर्चनुभयो ।
त्यसपछि कप्तान श्रेयसले पावर प्ले सकिएपछि सातौँ ओभरमा सन्दीपको हातमा बल थमाउनुभयो । सो समयसम्म कोहली र डिभिलियर्स क्रिजमा जमिसक्नुभएको थियो । विराटले १७ बलमा ३६ र डिभिलयर्स आठ बलमा दस रन बनाएर खेल्दै हुनुहुन्थ्यो । सन्दीपको तेस्रो ओभरमा विराटले पहिलो बलमै चौका प्रहार गर्नुभयो । जसले गर्दा सन्दीपको सो ओभर ठूलो हुनसक्थ्यो । तर सन्दीपले बाँकी पाँच बलमा मात्र चार रन खर्चेर आफूलाई खेल फर्किन आउँछ भन्ने देखाउनुभयो ।
सन्दीपले १२ औँ ओभरमा बलिङ गरेर आप्mनो स्पेल सकाउनुभयो । सो ओभरको पाँचौँ बलमा डिभिलियर्सको ब्याट्बाट छक्का निस्कियो । सो ओभरमा १२ रन बनेको थियो । सन्दीपले खेलपछि विराट र डिभिलियर्सविरुछ  बलिङ गर्नु ठूलो चुनौती र उपलब्धि हो, भन्नुभयो । उहाँहरु विश्वका दुई शीर्ष ब्याट्सम्यान हुुनुहुन्छ, त्यस्ता ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा रमाइलो लाग्यो र आत्मविश्वास पनि बढेको छ– सन्दीपको भनाई छ ।
सन्दीपले आप्mनो पहिलो खेलमा लगातार लाइन एन्ड लेन्थमा बलिङ गरी विपक्षी ब्याट्सम्यानलाई समस्यमा पार्नुभएको थियो । उहाँको बल माथिको नियन्त्रण हेर्नलायक थियो भने हावामै सुस्त बल फाल्ने र त्यसपछि बल घुमाउनसक्ने खुबी भएकोले पनि सन्दीपले बेंगलोरका ब्याट्सम्यानलाई बाँधेर राख्न सफल हुनुभयो ।
सन्दीपले खेलपछि टिमले नजित्दा व्यक्तिगत प्रदर्शनको खासै महत्व नहुने, भन्नुभयो । विश्वभरबाट कहिले खेल्छौँ भनेर धेरै सन्देश आए, उनीहरु सबैले मैले खेलेको हेर्न चाहेका थिए । यहाँसम्म पुग्नका लागि मैले धेरै मिहिनेत गरेको छु, रिकी पोन्टिङको प्रशिक्षकत्वमा पनि धेरै सिकेँ, दिल्ली टिमका साथीहरु पनि सबै सहयोगी छन्, त्यसैले म खुशी छु ।
नेपालका प्रशिक्षकहरुले धैर्य कहिल्यै गुमाउनु हुँदैन भनेर सिकाएका थिए, यहाँ पनि यही सिकेँ, दिल्ली डेयरडेभिल्समा रहेर ११ खेल खेल्न नपाउँदा गुरुहरुले सिकाएको यो शिक्षाले धेरै काम गर्यो, मैलै अझ धेरै क्रिकट खेल्नुछ, तयसैले मलाई अझ परिश्रम गर्नुका साथै विनयी भएर अघि बढ्नु छ– उहाँले भन्नुभयो ।
दिल्लीका पाँच बलरमध्ये सन्दीप सबभन्दा किफायती बलर सावित हुनुभएको थियो । टिम साउथीले चार ओभरमा ४० रन दिएर दुई विकेट लिनुभयो । यसगरी, जुनियर डालाले तीन ओभरमा ३४, हर्षल पटेलले चार ओभरमा ५१ र अमित मिश्राले चार ओभरमा ३३ रन खर्चनुभएको थियो । हर्षल र अमितको भागमा पनि एक–एक विकेट परेको थियो । -गोरखापत्र अनलाइन

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds