• १२ वैशाख २०८१, बुधबार

साई प्रोडक्सन ब्यानरमा चलचित्र ‘अन्तिम संस्कार’

blog

काठमाडौँ, पुस २१ गते । अभिनेता विजय लामा चलचित्र ‘अन्तिम संस्कार’मा प्रमुख भूमिकामा देखिनुभएको छ। चलचित्रलाई प्रदीप शाहीले निर्देशन गर्नुभएको हो। अभिनेता लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ अनुबन्धित हुनुभएको थियो। 

यसैले पनि चलचित्र भावनात्मक हिसाबले पनि विशेष रहेको उहाँको भनाइ छ। ‘मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनु भएको थियो। उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो। चलचित्रलाई मैले मेरो बुवाले दिएको अन्तिम उपहारका रूपमा लिएको छु। 

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबीन्द्र श्रेष्ठ कार्यकारी निर्माता हुनुहुन्छ। विनोद सुवेदी क्षितिज निर्माता रहनुभएको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो। ‘मर्डर मिसयुज’ को कथालाई चलचित्रमा समावेश गरिएको छ। चलचित्रमा अभिनेता लामा धेरैवटा भूमिकामा देखिनुभएको छ। चलचित्रमा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनलगायतको शीर्ष अभिनय छ।