• १२ असार २०८१, बुधबार

नेचासल्यानमा पहिलो पटक ‘कपडा बैङ्क’

blog

सन्तोष राउत

सोलुखुम्बु, पुस १७ गते । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जिल्लामै पहिलो पटक ‘कपडा बैङ्क’ अभियानको थालनी भएको छ । जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल नेचासल्यान ३ ले सुरु गरेको अभियानको पहिलो दिन २५० जनाले कपडा लिएको प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिनुभयो ।

‘हुनेले दिनुस् जरुरी हुनेले लिनुस्’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानमा ‘क्लोथ बैङ्क’ मा कपडा हुनेहरुले दान गर्न सक्ने छन् भने आवश्यक हुनेले लिन सक्ने प्रतिष्ठानले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष बिना राईले उदघाटन गरेको अभियानको पहिलो दिन स्थानीय रविलाल जमरकट्टेलले ७२ हजार ३५० रुपियाँ, रमेश केसी जमरकट्टेल र राजु राउतले ३७ हजार २७५ रुपियाँ  बराबरको कपडा अभियानलाई सहयोग गर्नुभयो । 

त्यस्तै, उदयपुर कटारीका दिलदार हुसेनले ६५ थान, स्थानीय विनोदपुरूष भारद्वाजले एक सय थान, गीता बाँस्तोलाले ८० थान, गोपाल बाँस्तोलाले २४ थान, छवि जमरकट्टेलले २० थान, राजेश जमरकट्टेलले १५ थान, रोहित आचार्यले ३३ थान, सल्लेरीका शिव कार्कीले आठ थान, स्थानीय कमला खनालले सात थान, रोहन राईले १० थान र हेम भट्टराईले २७ थान कपडा सहयोग गरेको प्रतिष्ठानका महासचिव जमरकट्टेलले जानकारी दिनुभयो ।

निरन्तर चल्ने यस अभियानलाई सहयोग गर्न चाहने र लाभ लिनेले प्रतिष्ठानलाई सम्पर्क गर्न सकिने जनाइएको छ । कतिपय नागरिकसँग प्रशस्त कपडा भए पनि कतिपय अभावले समस्या झेल्न बाध्य भएकाले यो कदम चालिएको प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद जमरकट्टेलले बताउनुभयो ।