• १४ वैशाख २०८१, शुक्रबार

तीन सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ,   मङ्सिर  २६ गते । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु. तीन सयले घटेर रु. एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख पाँच सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु. १० ले घटेर रु. एक हजार तीन सय ९० मा आएको महासङ्घले जनाएको छ । 

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।