• १४ वैशाख २०८१, शुक्रबार

चितवन-२ मा रवि लामिछाने विजयी

blog

वसन्त पराजुली
भरतपुर, मङ्सिर ८ गते ।
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।

उहाँले ४९ हजार २६१ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार १६२ मतान्तरले चुनाव जित्नु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत रहेको बताइएको छ ।