• १४ वैशाख २०८१, शुक्रबार

चुनावले होटेलको व्यापार बढ्यो

blog

शिवशङ्कर मिश्र 

बारा, कात्तिक २७ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार तीव्र भएपछि बारा, पर्सालगायतका जिल्लाहरूमा रक्सी र मासुको व्यापार फस्टाएको छ। उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तीव्र बनेपछि सहरदेखि ग्रामीण क्षेत्रमा रहेका मदिरा पसलहरूको व्यापार फस्टाएको हो। 
सहर तथा ग्रामीण क्षेत्रका चोकमा रहेका रक्सी, मासुको होटेलहरूमा साँझ पर्ने बित्तिकै भीड बढ्ने गरेको स्थानीय बताउँछन्। चुनाव प्रचारका लागि गाउँ पुग्ने नेता कार्यकर्ताहरूले मतदातालाई रिझाउन नास्ता, खाजादेखि खानासमेतको व्यवस्था गर्ने गरेका छन्। निर्वाचन नजिकिएपछि मासु पसलको कारोबार तेब्बरले वृद्धि भएको प्रसौनीका होटेल व्यवसायी सुरेश साह कानुले बताउनुभयो।

मदिराको कारोबारसमेत ह्वात्तै बढेको उहाँको भनाइ छ। भिोट माग्ने कार्यकर्ताहरूले पायक पर्ने होटेलमा बिहान, बेलुकी खाना खाने गरेको देखिन्छ। उनीहरूले पहिला नै खाजा वा खानाको लागि अर्डर दिने गरेको देवताल गाउँपालिका–२, पिप्राढी चोकका होटल व्यवसायी रामजी साहले बताउनुभयो। बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जिल्लालाई मदिरारहित बनाउन आफूले आएको दिनदेखि नै काम गरिरहेको बताउनुभयो।