• १४ वैशाख २०८१, शुक्रबार

दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी १३ को मृत्यु

blog

मनिला, कात्तिक ११ गते । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौँ सहरहरूमा रातभरि परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

भीषण बाढीको कारण आएको पहिरोमा परी तेह्र जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयकमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गर्नुभएको छ ।फिलिपिन्समा मुख्यतया प्यासिफिक रिङ अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुलनामा यस्ता प्रकोपहरू आउने गरेका छन् ।

औसत रूपमा यस देशमा वार्षिक बीस ओटा टाइफुनहरु आउने गरेका छन् । ती मध्ये केही तीव्र र विनाशकारी रहेका जनाइएको छ । रासस/सिन्ह्वा