• १५ वैशाख २०८१, शनिबार

नयाँ उचाइमा अमेरिकी डलर

blog

काठमाडौँ, असोज २९ गते । अमेरिकी डलरको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । शुक्रबार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ ।

डलरको मूल्य बढेसँगै नेपाली रुपियाँको अहिलेसम्मकै धेरै अवमूल्यन भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार एक अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३२ रुपियाँ छ पैसा र (खरिददर) १३१ रुपियाँ ४६ पैसामा कारोबार भएको छ । डलरको यो मूल्य अहिलेसम्मकै उच्च बिन्दु हो ।

यसअघि असोज २३ गते आइतबार एक अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३२ रुपियाँ दुई पैसा र (खरिददर) १३१ रुपियाँ ४२ पैसा कायम भएर रेकर्ड बनाएको थियो । पछिल्लो समय डलर बलियो हुँदा अन्य मुद्रा कमजोर बनेका छन् । डलरको तुलनामा भारतीय मुद्रा (भारु) पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमयदर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपियाँ पनि कमजोर बनेको हो ।

डलर बलियो बन्दा नेपाल आउने विप्रेषणमा सकारात्मक प्रभाव पर्ने, विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सको आकार बढ्ने गर्दछ तर पर्यटक आउने र निर्यात बढ्ने सम्भावना नभएको अवस्थामा डलरको मूल्य बढ्दा नोक्सानी बढी हुने देखिन्छ ।