गुन्डागर्दीमा संलग्न छ जना पक्राउ





दाङ, असार ५ गते । गुन्डागर्दीमा संलग्न भएको अभियोगमा दाङ प्रहरीले छजनालाई पक्राउ गरेको छ ।

घोराहीको तुलसीपुर चोकमा होहल्ला गर्दै सर्वसाधारणलाई त्रस्त बनाउने, चुनाव विरोधी कार्यसँगै उम्मेदवारलाई फोनमा धम्काउने गरेको अभियोगमा छजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–११ का २८ वर्षीय पारस हमाल, सोही ठाउँकै २९ वर्षीय टोपबहादुर बुढाथोकी, २५ वर्षीय भानुभक्त बस्नेत, तुल्सीपुर–५ बस्ने ३० वर्षीय वरुण श्रेष्ठ, तुलसीपुर–६ बस्ने १९ वर्षीय अनोज खड्का र सोही ठाउँकै केतन गिरी रहेका छन् ।

उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ । पक्राउ परेका पारस बस्नेत र भानुभक्त बस्नेत यसअघि पनि ज्यान मार्ने तथा हातहतियार मुद्दामा ३० महिना कैद सजाय पाएर छुटेका थिए ।

त्यसैगरी टोपबहादुर बुढाथोकी ज्यान मार्ने उद्योग र वरुण श्रेष्ठ कर्तव्य ज्यान, हातहतियार र लागुऔषधको मुद्दामा सजाय पाएर छुटेको पनि प्रहरीले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds