• १४ वैशाख २०८१, शुक्रबार

तालिबानद्वारा महिला जुलुसमाथि हवाई फायर

blog

काबुल, असोज १३ गते । प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली चलाएको छ ।

बाइस वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन् ।

एउटै नारी ‘नारी, जीवन, स्वतन्त्रता !’ लगायतका  विषय उठाउँदै विरोध प्रदर्शन जारी छ ।

महिला प्रदर्शनकारीहरूले ‘इरान उठ्यो, अब हाम्रो पालो !’ लेखिएको ब्यानर बोकेका थिए । ‘काबुलदेखि इरानसम्म, तानाशाहीलाई नभन्नुहोस् !’ लगायतका नारा प्रदर्शनीमा  उच्चारण गरिएका छन् । रासस/एएफपी