• ८ वैशाख २०८१, शनिबार

टी–२० विश्वकप ट्रफी नेपालमा : मंगलबार सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिने

blog

काठमाडौं, भदौ १३ गते । अष्ट्रेलियामा यसै र्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप ट्रफी सोमाबार नेपाल ल्याईएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा विश्वकप ‘ट्रफी टु’ गराएको हो । 

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलनगरी विश्वकप ट्रफी नेपाल आइपुगेको र मंगलबार प्रदर्शनी गरिने जनाएको छ । क्यानका ब्यवस्थापक वृतान्त खनालले ट्रफीलाई मंगलबार सर्वोच्च शिखर सगरमाथाको आधार शिविर लगिने र सगरमाथाको काखमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने बताउनुभयो । उहाँले बुधबार ट्रफीलाई भक्तपुर दरवार स्क्वारमा सर्वसाधारणको अवलोकनका लागि प्रदर्शनीमा राखिने पनि जानकारी दिनुभयो ।

नेपालको ट्रफी टुरमा पूर्व खेलाडी महबुब आलमलाई सहभागि गराईनेछ । क्यानले विश्वकप ट्रफी दुई दिन नेपालमा रहने बताईएको छ । टी–२० विश्वकप ट्रफी पहिलो पटक नेपाल ल्याईएको हो । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकप ट्रफी भने नेपाल ल्याईएको थियो । आईसीसीले यसपटक विश्वकप ट्रफी विभिन्न १३ देशको ३५ स्थानमा प्रदर्शनी गर्ने जनाएको छ ।

आईसीसी टी–२० विश्वकप अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म आयोजना हुँदैछ । विश्वकपमा १६ देशको सहभागिता रहनेछ । नेपाल भने एसिया छनोटबाट बाहिरिएको थियो । नेपालले यसअघि सन् २०१४ मा बंगलदेशमा भएको टी–२० विश्वकप खेलेको थियो । नेपालको त्यो नै पहिलो विश्वकप सहभागिता हो ।