• ५ जेठ २०८१, शनिबार

चितवनबाट बेपत्ता भएका बालक हेटौंडामा भेटिए

blog

शालिग्राम नेपाल  

चितवन, फागुन २० गते । चितवनबाट बेपत्ता भएका बालक हेटौंडामा भेटिनुभएको छ ।

विद्यालयबाट घर फर्किने क्रममा हराएका ओम शान्ति एकेडेमीमा कक्षा ५ मा पढ्ने १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिनुभएको हो । 

उहाँलाई फेला पारेर हेटौंडा सामुदायिक प्रहरीमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।  

  शनिवार ट्युसन पढ्न भनेर भरतपुर ६ गीतानगरस्थित ठूलो बुवाको घरबाट म्याजिक भ्यान चढेर उहाँ विद्यालय जानुभएको थियो । भरतपुर महानगरपालिका–१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा शनिवार ट्युसन पढेर फर्किने क्रममा हराउनुभएको थियो ।  

पोखरा महानगरपालिका–१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आउनुभएको छ ।